काठमाडौं । दाेश्राे संस्करणकाे नेवाःआईडल भव्य रूपमा सम्पन्न भएकाे छ ।
काठमाडाैंकाे ठमेलको जिएए हलमा गत शनिबार सम्पन्न भएको कार्यक्रममा अन्तिम् चरणको प्रतिस्पर्धामा आश्रय रञ्जित नेवाः आईडलको बिजेता घोषित हुन सफल भयाे ।
विजेता रंजितलाई ट्रफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार र विविध उपहारहरु समेत प्रदान गरिएको थियाे । त्यस्तै फर्स्ट रनर अप हुने रत्न मान महर्जनले प्रमाण- पत्र संगै नगद पचास हजार र सेकेन्ड रनर अप हुने सुजित मान शाक्यले प्रमाण-पत्र संगै नगद पँच्चिस हजार प्राप्त गरे ।
त्यस्तै चौथो र पाँचौं हुने हना डंगोल लगायतले १०/१० हजार प्राप्त गरेका थिए। नेवाः आइडल टाईटल विजेता तथा उप- विजेताहरुको नाम घोषणा भने नेवाः आईडलका प्रमुख निर्णायक चर्चित गायक गोविन्द ह्युमत र संगीता शाक्यले गरेका थिए ।
कूल ७० जना प्रतिस्पर्धी मध्ये विभिन्न चरणबाट छनोट हुँदै टप फाइभ बीच अन्तिम् प्रतिस्पर्धा भएको थियो ।
फिजिकल तथा डिजिटल अडिसन मार्फत सहभागी ५० जनामध्ये विभिन्न चरणबाट छनोट हुँदै आएका ७ जनाबीच फिनालेमा प्रतिस्पर्धा भएको थियो। फिनालेमा सुजितमान शाक्य, हाना महर्जन, रत्नमान महर्जन, अशेष महर्जन, अनिल साय्मि, अनिशराज श्रेष्ठ र आश्रय रञ्जित पुगेका थिए ।
आइडलको मुख्य निर्णायकमा गोबिन्द ह्युमत खड्गी र संगिता शाक्य थापा रहेका थिए । प्रतियोगितालाई अन्जीता खड्गीले निर्देशन गरेकी थिईन ।
आयोजक फाल्कन इभेन्टका कार्यकारी अध्यक्ष मनोज नेवाः खड्गीका अनुसार ५० प्रतिशत निर्णायकको मतको आधारमा र ५० प्रतिशत दर्शकको भोटिङका आधारमा विजेता भएको जनाएको छ ।
नेपाल भाषाको गीत संगीत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सकिन्छ भन्ने उद्देश्य लिएर आइडल आयोजना गरिएको आयोजकले जनाए । देशका कुन कुनामा लुकिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने, सांगीतिक क्षेत्रमा नेवाः मौलिकता प्रस्तुत गर्ने, गैर नेवाहरूलाई पनि नेवाः संगीत र नेपाल भाषामा आकर्षित गर्ने लगायतका उद्देश्य रहेको आयोजकले जनाएको छ।
नेवाः आइडल दोश्रो सिजनका विजेता आश्रय रन्जितलाई पहिलो सिजनका उपाधि विजेता मन्जिल शाक्यले ट्रोफी प्रदान गरेका थिए।