काठमाडौं । गायक टुगेन श्रेष्ठको स्वर, शब्द र सगीत रहेको ‘ए हो र(सुनको बाला)’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।
तेजनेपाल मल्टीमिडियाको प्रस्तुति सञ्चारकर्मी तथा गायक सुमन कुमार श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतको भिडियोलाई टुगेन श्रेष्ठ नामक युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ ।
भिडियोमा टुगेनसंगै दिपेश महर्जन, श्रुती महर्जन, अस्मिता बडालको मुख्य भुमिका रहेको छ भने ईन्द्र बुढाथोकी, राजेश महर्जन, दिपेश श्रेष्ठ लगयतलाई पनि भिडियोम देख्न सकिन्छ ।
किर्तिपुर ज्वालादेवीमा रहेको आश्रय होमस्टे लगायत काठमाण्डौको विभिन्न मनोरम ठांउहरुमा खिचिएको भिडियोको छांयाकन इश्वर वल्लभ उप्रेती, सम्पादन ग्राफिक्स रन्धिर श्रेष्ठ, मेकअप प्रतीसा कटुवाल उप्रेती, प्रतिभा कटुवालको रहेको छ ।