आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इसेवा ठगिको अनौठो चर्तिकला, क्रिप्टोमा ५४ करोड लगानी !

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको दश प्रतिशत रकम फिर्ता पाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सरकारी कर्मचारीदेखि चिकित्सकसम्म ठगिए, दुई भारतीयसहित सात पक्राउ, सिआइबीको अनुसन्धान जारी

इसेवालगायतका मोबाइल वालेट प्रयोगकर्तालाई ठगी गर्ने संगठित गिरोह पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कैलालीका माइकल चौधरीसहित ठगीमा संलग्न सातजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीको अनुसन्धानअनुसार उनीहरूले ठगीबाट आर्जित रकम ५४ करोडभन्दा धेरै क्रिप्टो मुद्रामा लगानी गरेका छन् । उनीहरूको सम्पत्ति सिआइबीले समेत छानबिन गर्न सुरु गरेको छ ।

पक्राउ पर्नेमा दुई भारतीयसमेत छन् । माइकल चौधरीसहित अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई सिआइबीले पक्राउ गरेको हो । रोशन र मुन्ना भारतीय नागरिक हुन् ।

२२ वर्षीय माइकल आइटीका विद्यार्थी हुन् । उनले घर र गाडीसमेत खरिद गरिसकेका थिए । कुनै पेसामा आबद्ध नभएका उनले अनलाइन ठगी र क्रिप्टो कारोबारबाटै सो सम्पत्ति कमाएको प्रहरीको आशंका छ । उनको बाइनान्स एपमा ५४ करोडबराबरको मौज्दात देखिएको छ ।

विभिन्न व्यक्तिको वालेटबाट उनीहरूले पैसा चोरी गरी क्रिप्टो कारोबारमा लगानी गरेको सिआइबीका निर्देशक एआइजी दीपक थापाले बताए । ‘यो संगठित गिरोहजस्तो देखिएको छ, यसमा हामीले विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।

गिरोहका मुख्य व्यक्ति चौधरी भएको र अन्यले उनलाई ठगीमा सघाएको सिआइबीका एसपी सुधीरराज शाहीले बताए । ‘मुख्य गरी इसेवाका प्रयोगकर्तालाई आफूहरू अफिसबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटिपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका थिए,’ उनले भने, ‘यसरी ठगिनेमा सरकारी कर्मचारीदेखि चिकित्सकसम्म छन् ।’

उनीहरूले धेरैजसो पोस्टपेड नम्बर चलाउने इसेवा प्रयोगकर्तालाई लक्षित गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । यसरी फोन गर्न उनीहरूले करिब ४० वटा सिमकार्ड निकालेका थिए । त्यस्ता सिमकार्ड नक्कली परिचयपत्रका आधारमा निकालिएकाले प्रहरीलाई अनुसन्धानमा समेत समस्या भएको थियो ।

पक्राउ परेका अन्यको मोबाइलमा क्रिप्टोसम्बन्धी एपहरू भेटिएका छन् । उनीहरूविरुद्ध ठगीका साथै क्रिप्टो कारोबारको कसुरमा पनि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । त्यस्तै, पक्राउ परेका दुई भारतीयको हुन्डीलगायत अन्य आर्थिक अपराधमा पनि संलग्नता देखिएको छ ।

भन्सारको कर्मचारी बनेर एक करोड रुपैयाँ ठगी 

१५ जनाभन्दा धेरैबाट नाटकीय शैलीमा करिब एक करोड रुपैयाँ ठगी गर्ने युवक पक्राउ परेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका १६ बस्ने दिनेश घिमिरेलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनले आफूलाई कुशल ठकुरीको रूपमा पहिचान दिलाउने गरेका थिए ।

उनले भन्सार कर्मचारी र सिआइबीको कर्मचारी बनेर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । धेरैले उनलाई भन्सारले बरामद गरेको सुन र आइफोन सस्तो मूल्यमा मिलाइदिने भनेर ठगी गरेका छन् । एक सुनपसलेलाई ४२ तोला सुन १० लाखमा दिने भन्दै ठगी गरेका थिए । एक महिलासँग त्यसैगरी २२ लाख रुपैयाँ ठगीको उजुरी परेको छ ।

एक युवकलाई मंगलबार मात्र उनले सस्तोमा आइफोन बेच्ने बहानामा ठगी गरेका थिए । केही दिनअघि ग्यारेजमा जाने क्रममा चिनजान भएका घिमिरेले ती युवकलाई न्यायाधीशको भान्जो भएको र उनकै अफिसमा काम गर्ने भनेर चिनाएका थिए ।

पछि आफू एयरपोर्ट भन्सारमा सरुवा भएको भन्दै फोन गरे । ‘आइफोन प्रोम्याक्स १६ सस्तो मूल्यमा आएको छ भन्दै फकाएर हिजो पैसा हाल्न लगाए,’ अपराध अनुसन्धान कार्यालयमा भेटिएका ती पीडितले भने, ‘निकै कर गरेपछि ९५ हजार हालिदिएँ, एयरपोर्ट गेटमा फोन लिन बोलाए, जाँदाखेरी आफू डिउटीका कारण व्यस्त भएको भन्दै बुधबार बिहान नौ बजे भेटेर फोन दिने बताए, बिहान फोन गर्दा उनको फोन प्रहरीले उठाए, ऊ पक्राउ परिसकेको रहेछ ।’

कतिपयलाई गाडी सस्तोमा दिने भनेर ठगी गरेको उजुरी परेको छ । अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यका अनुसार घिमिरे २०७२ सालदेखि नै पेसेवर ठगीमा संलग्न छन् । यसअघि नै उनीविरुद्ध १२ वटा मुद्दा दर्ता भएकोमा हाल ११ वटा ठगीका निवेदन प्रहरीमा पुगेका छन् ।

सिआइबीको प्रहरी हुँ भन्दै नजिकिएर कतिपयलाई जागिरको प्रलोभनमा उनले शोषणसमेत गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । हाल ८० लाखबराबर ठगीको उजुरी परेकोमा एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

‘ऊ यति मिठो बोल्छ कि विश्वासमा पारेर पैसा फुत्काइहाल्छ,’ प्रहरीमा भेटिएकी एक युवतीले भनिन्, ‘अहिले पो नटरवरलाल रहेछ भन्ने थाहा भयो ।’ उनले पैसा भने सकेसम्म नगदै लिने र बैंकिङ कारोबार गर्दा पनि अन्य व्यक्तिको खातामार्फत गराउने गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२ दिन अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक