काठमाडौं । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ महाकाली माता मन्दिर नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब २१ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया जानकी दमाई, ३९ वर्षीय गौखे दमाई र भीमदत्त नगरपालिका-११ भुजेला बस्ने २१ वर्षीय अविशेक सुनार रहेका छन् ।
इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ कलुवापुर बस्ने २१ वर्षीय दिपक रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट र ट्रामाडोल ५० ट्याब्लेट सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।