कञ्चनपुर । पेस्तोल लिएर नेपाल छिरेका चार भारतीय कञ्चनपुरमा पक्राउ परेका छन् ।
कञ्चनपुर प्रहरीका अनुसार भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठीले पेस्तोल बोकेर नेपाल छिरेका थिए ।
हतियारसहित छिरेको सूचनापछि उनीहरुलाई बुधबार राति १० बजे भीमदत्त नगरपालिका ६ ऐठपुरमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु भारतीय नम्बर प्लेट यूके ०६ एआर ०८४६ नम्बरको कारमा पेस्तोलसहित महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको थिए ।
कञ्चनपुर प्रहरीका अनुसार चालक सिटको पछाडीकाे खल्तीमा एक थना पेस्तोल भेटिएको थियो । अहिले उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।