निर्वाचन प्रमुखमा भुषण गाहा मगर, उपप्रमुख खिमलाल न्यौपाने÷शोक मन्जरी, छात्रा सपना पुन मगर, समावेशी प्रेम पाख्रिन-मदन बहादुर कार्की, सचिव गौरव सेढाई छन् । साझा उम्मेदवारमा कुरा नमिलेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी निकट समूहले पनि छुट्टै प्यानल बनाएको छ । यस समूहलाई मिलाउने काम निवर्तमान उपाध्यक्ष पवन कार्कीले गरिरहेका छन् । यो समूहका एक नेताका अनुसार अध्यक्षमा उपेदश यादव फाइनल भएका छन् । उपाध्यक्षमा तुलसीराम न्यौपाने, विराज थापा, समीर बुढाथोकी मुक्ति, सञ्जीवकुमार चौधरी, पार्वती नेगी, दीपा जैसी, बुद्रोस लिम्बु, मुना काप्री, सन्दिप पुन, मीनराज आचार्य लगायत छन् ।
महासचिवमा सञ्जिव फुँयाल, प्रतिक कार्की दाबेदार रहेकोमा फुँयाल निश्चित भएको ती नेताले दाबी गरेका छन् । यस्तै यादव समूहबाट उपमहासचिवमा विपिन पोखरेल, विवेक मैनाली, उपेन्द्र जम्कटेट्ल, रुकु बस्नेत, निरोज श्रेष्ठ, मुकेश बुढा, विष्णु ढुंगेल, मर्मजंग बम, यादव सिंह र वेनुपराज खत्री छन् । उपमहासचिवमा ४९ जना उम्मेदवारी परेकोमा २२ जना यादव समूहका रहेको बुझिएको छ ।
सचिवतर्फ सचिव समिर तिवारी, वीरेन्द्र मगर, झलक छत्कुली, प्रेम जैसी, सरस्वती चौलागाईं, रीता ढुंगाना, किरण लिङ्देन, बज्र लामा, आशा उपरकोटी, अमर मण्डल लगायत छन् ।
निर्वाचन आयोग प्रमुख नवीन देवकोटा, लेखा आयोगमा सुस्मा रेग्मी र अनुशासन आयोगमा इन्दिरा पुरी छन् भने कोषाध्यक्षमा पार्वता चौलागाईं निश्चित भएको जनाएका छन् ।
अध्यक्ष पदका लागि राई, यादवसहित उपमहासचिव वर्षमान निकट सुदिन पौडेल, उपमहासचिव शक्ति बस्नेत निकट विजय शर्मा सापकोटा, उपाध्यक्ष पम्झा भुसाल निकट विश्वमणि थापा र उपाध्यक्ष कृष्णबहादुर महरा निकट योगेन्द्र बुढा आकांक्षी छन् ।
यो रिपोर्ट तयार हुँदासम्म शर्मा इतरपक्षबिच साझा उम्मेदवार बनाउने विषयमा सहमति हुन सकेको छैन । ‘लगभग एक्लाएक्लै निर्वाचनमा जानेजस्तो देखिएको छ । साझा उम्मेदवार बनाउने अहिलेसम्मको प्रयास सफल भएको छैन । तर पनि हामीले प्रयास जारी राखेका छौँ’, ती नेताले भने ।
कार्की समूहका नेताहरूले अध्यक्ष पद छाड्ने भए पदाधिकारीसहित ५० प्रतिशत आफू पक्षलाई चाहिने दाबी गरेको बुझिएको छ । यता, पुन निकट पौडेलले पनि ९ प्रदेशमध्ये ४ प्रदेशमा आफ्नो पक्षमा बहुमत रहेकाले अध्यक्ष पद नछोड्ने दाबी गरेको बुझिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ लगायत पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।