बिहि, साउन २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अनेरास्ववियु क्रान्तिकारीमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
अनेरास्ववियु क्रान्तिकारीमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि छुट्टाछुट्टै प्यानल बनाउने तयारी भएको छ ।
बुधबार अबेरसम्म साझा उम्मेदवार बनाउने प्रयास असफल भएपछि उपमहासचिव जनार्दन शर्मा निकट समूहले छुट्टै प्यानल बनाएको छ । शर्मा निकट प्यानलमा भोजपुरका हेमन्त राई अध्यक्षको उम्मेदवार छन् ।
यस्तै, उपाध्यक्षहरूमा खुलातर्फ समिप खरेल, भीष्म चौलागाई, देवेन्द्र शर्मा छन् । उपाध्यक्ष समावेशीतर्फ सन्दीप पुन, कृष्ण सुनार, ममता अधिकारी, शिवम साह, उमेश कडेल छन् ।
सो प्यानलबाट महासचिवमा रोशन थापा मगर उम्मेदवार छन् भने उपमहासचिवहरूमा रविन खुम्बु (कोशी), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), विश्व विद्यालयबाट जटिल कार्की लगायत छन् ।
सचिवहरूमा खुलातर्फ नगेन्द्र घिमिरे, कृष्ण प्रसाद रिजाल, वीरेन्द्र जी.सी. छन् । समावेशीतर्फ सम्कृति पुन, सविता थापा, दलित हरेद्र वि.क., अमर मण्डल, जमासेद आलम, आरस्टिक मोक्तान, नेत्रराज जोशी र सहिद परिवारबाट युन्छोङहाङ मावो छन् । कोषाध्यक्षमा फुलमाया राना(खुसी) छन् ।
आयोगतर्फ लेखा प्रमुख मोहन बुढाथोकी उपप्रमुख गायत्री सिंह, सचिव सन्दीप न्यौपाने, विजयराज आचार्य, दिनेश वि.क. लगायत छन् । अनुशासन प्रमुखमा इन्दिरा पुरी, उपप्रमुखमा रोशन केसी, समावेशीमा खम्बु जंग बुढामगर, सचिवमा सागर पौडेल छन् ।

निर्वाचन प्रमुखमा भुषण गाहा मगर, उपप्रमुख खिमलाल न्यौपाने÷शोक मन्जरी, छात्रा सपना  पुन मगर, समावेशी प्रेम पाख्रिन-मदन बहादुर कार्की, सचिव गौरव सेढाई छन् । साझा उम्मेदवारमा कुरा नमिलेपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी निकट समूहले पनि छुट्टै प्यानल बनाएको छ । यस समूहलाई मिलाउने काम निवर्तमान उपाध्यक्ष पवन कार्कीले गरिरहेका छन् । यो समूहका एक नेताका अनुसार अध्यक्षमा उपेदश यादव फाइनल भएका छन् । उपाध्यक्षमा तुलसीराम न्यौपाने, विराज थापा, समीर बुढाथोकी मुक्ति, सञ्जीवकुमार चौधरी, पार्वती नेगी, दीपा जैसी, बुद्रोस लिम्बु, मुना काप्री, सन्दिप पुन, मीनराज आचार्य लगायत छन् ।

महासचिवमा सञ्जिव फुँयाल, प्रतिक कार्की दाबेदार रहेकोमा फुँयाल निश्चित भएको ती नेताले दाबी गरेका छन् । यस्तै यादव समूहबाट उपमहासचिवमा विपिन पोखरेल, विवेक मैनाली, उपेन्द्र जम्कटेट्ल, रुकु बस्नेत, निरोज श्रेष्ठ, मुकेश बुढा, विष्णु ढुंगेल, मर्मजंग बम, यादव सिंह र वेनुपराज खत्री छन् । उपमहासचिवमा ४९ जना उम्मेदवारी परेकोमा २२ जना यादव समूहका रहेको बुझिएको छ ।

सचिवतर्फ सचिव समिर तिवारी, वीरेन्द्र मगर, झलक छत्कुली, प्रेम जैसी, सरस्वती चौलागाईं, रीता ढुंगाना, किरण लिङ्देन, बज्र लामा, आशा उपरकोटी, अमर मण्डल लगायत छन् ।

निर्वाचन आयोग प्रमुख नवीन देवकोटा, लेखा आयोगमा सुस्मा रेग्मी र अनुशासन आयोगमा इन्दिरा पुरी छन् भने कोषाध्यक्षमा पार्वता चौलागाईं निश्चित भएको जनाएका छन् ।

अध्यक्ष पदका लागि राई, यादवसहित उपमहासचिव वर्षमान निकट सुदिन पौडेल, उपमहासचिव शक्ति बस्नेत निकट विजय शर्मा सापकोटा, उपाध्यक्ष पम्झा भुसाल निकट विश्वमणि थापा र उपाध्यक्ष कृष्णबहादुर महरा निकट योगेन्द्र बुढा आकांक्षी छन् ।

यो रिपोर्ट तयार हुँदासम्म शर्मा इतरपक्षबिच साझा उम्मेदवार बनाउने विषयमा सहमति हुन सकेको छैन । ‘लगभग एक्लाएक्लै निर्वाचनमा जानेजस्तो देखिएको छ । साझा उम्मेदवार बनाउने अहिलेसम्मको प्रयास सफल भएको छैन । तर पनि हामीले प्रयास जारी राखेका छौँ’, ती नेताले भने ।

कार्की समूहका नेताहरूले अध्यक्ष पद छाड्ने भए पदाधिकारीसहित ५० प्रतिशत आफू पक्षलाई चाहिने दाबी गरेको बुझिएको छ । यता, पुन निकट पौडेलले पनि ९ प्रदेशमध्ये ४ प्रदेशमा आफ्नो पक्षमा बहुमत रहेकाले अध्यक्ष पद नछोड्ने दाबी गरेको बुझिएको छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ लगायत पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

 

यो पनि पढ्नुहोस्

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को चिठ्ठा नतिजा सार्वजनिक

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

१ दिन अगाडि
प्रतिनिधिसभाको बैठक आज बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक