मोरङ । प्रहरीले धनपालथान गाउँपालिकाबाट डेढ किलोभन्दा बढी चाँदीका गहना र मूर्ति बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार विहान करिब साढे ११ बजे गाउँपालिका–२ स्थित भारत नेपालको सीमाक्षेत्रस्थित दशगजामा एक महिलाले गहनाको पोका फालेर भागेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार भारतबाट सामान आउँदै गरेको सूचनाअनुसार प्रहरी सो क्षेत्रमा तैनाथ थियो।
गाउँपालिका–२ स्थित गोसाई पोखरीनजिक रहेको दशगजा क्षेत्रमा भारततर्फबाट ती महिला नेपाल आउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि सामान फालेर भारततर्फ नै भागेको उनले जनाए।
महिला भागेपछि सामानको पोकोबाट प्रहरीले १ किलो ६ सय ग्राम चाँदीको गहना र मूर्ति बरामद गरेको प्रहरी प्रवक्तासमेत रहेका जोशीले जानकारी गराए।