बुध, साउन २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ई-सेवा लिमिटेड १६औँ वर्षमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ई-सेवा लिमिटेड १६औँ वर्षमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डिजिटल भुक्तानीको सुविधा उपलब्ध गराइरहेको ई-सेवा लिमिटेड १५ वर्ष पूरा गरी आज (जनवरी २५) देखि १६औँ वर्षमा प्रवेश गरेको छ।

सन् २०१० जनवरी २५ मा नगदरहित कारोबार सुरु गरेको ई-सेवाले आफ्नो यात्रा १६ वर्षमा प्रवेश गरेको अवसरमा आगामी दिनमा सेवा विस्तार गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत आगामी दिनमा भुक्तानी मात्र नभई बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य लिइएको ई-सेवाले जनाएको छ।

ई-सेवाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ: आफ्ना सेवाग्राहीको आर्थिक उत्थानका लागि म्युचुअल फन्ड तथा लगानीका विविध योजना पनि ल्याउने लक्ष्यमा दत्तचित्त भएर काम गरिरहेको छ- ई-सेवाले। अहिले मर्चेन्टलाई मात्र प्रदान गर्दै आएको इजिलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत ई-सेवाको लक्ष्य छ।

यस्तै एआई प्रयोग गरी ठगी र संदिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागू गर्ने बाटोमा पनि ई-सेवा लागेको विज्ञप्तिमा उल्लेख छ ।यसअन्तर्गत अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ अगाडि बढ्न चाहेको कम्पनीले जानकारी गराएको छ।

डेढ दशक अघिसम्म नेपालमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो। बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षाका हिसाबले नगद कारोबार जोखिमयुक्त थियो। त्यस्तो अवस्थामा ‘डिजिटल वालेट’को सोच आफैँमा अनौठो र उत्तिकै चुनौतीपूर्ण थियो। भौगिलिक विविधताका कारण केही दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच नभएको र थुप्रै ठाउँमा बढ्दो चोरी तथा लुटपाटको डरजस्ता कारण नगद कारोबार पनि असहज थियो।

वित्तीय संस्थामा लामो लाइन लागेर गरिने आर्थिक गतिविधि आफैँमा अत्यासलाग्दो थियो। यहीबीच स्थापित ई-सेवाले ‘लाइनबाट अनलाइन’ भुक्तानी गर्ने प्रणालीको विकास गरेको विज्ञप्तिमा जनाइएको छ। हिमाल, पहाड र तराईमा गरी ७५३ क्षेत्रमा ई-सेवाले सेवा दिइरहेको छ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको ई-सेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट थियो। तर, सन् २०१२ देखि  ई-सेवा छुट्टै कम्पनीका रूपमा स्थापना भएको हो। यसै वर्ष ई-सेवाले एजेन्ट नेटवर्क पनि सुरु गरेको छ। ई-सेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो। अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्सको टिकट ई-सेवामार्फत लिन सकिन्छ। सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’समेत प्राप्त गरेको  ई-सेवाले  सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकका रूपमा इजाजतपत्र पाएको हो।

नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिने ई-सेवाले इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिंक सुविधा दिइरहेको छ।

चार कर्मचारीबाट सुरु भएको कम्पनीले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी दिइरहेको ई-सेवाले  जनाएको छ। ई-सेवाले अहिले २ हजारभन्दा बढी सेवा दिइरहेको छ।  ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट ई-सेवामा सहजै रकम जम्मा गर्न तथा ई-सेवाबाट बैंक खातामा रकम पनि पठाउन सकिन्छ। ई-सेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट रहेका छन्।

यो पनि पढ्नुहोस्

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

३ घण्टा अगाडि
आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुने

रुघाबाट बच्ने ८ उपाय

एसीसी प्रिमियर कप एक दिवसीय खेल्न सन्दीप लामिछाने कप्तान

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक