एजेन्सी । बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । समाचार एजेन्सी पीटीआईकाअनुसार खानलाई चक्कु आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
समाचार एजेन्सी एएनआईकाअनुसार अभिनेत्री करीना कपुर आफ्ना पतिलाई लिन अस्पताल पुगेकी थिइन् । गत बिहीबार बिहानीपख बान्द्रास्थित शेफको घरमा प्रवेश गरेर एक आक्रमणकारीले चक्कु प्रहार गरेका थिए, त्यसक्रममा उनी गम्भीर घाइते भएका थिए । यस हमलामा खानको मेरुदण्ड र घाँटीमा गहिरो घाउसहित ६ स्थानमा चोट लागेको थियो ।
डाक्टरहरुले खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कु निकालिएको बताएका छन् । पछि मुम्बई प्रहरीले ठाणेबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो ।