बिहि, साउन २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्रेन कम्प्युटर इन्टरफेसले मस्तिष्कलाई पढ्नसक्ने दाबी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
ब्रेन कम्प्युटर इन्टरफेसले मस्तिष्कलाई पढ्नसक्ने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । पछिल्ला केही वर्षयता ब्रेन कम्प्युटर इन्टरफेस (BCI) प्रविधि धेरै काम भइरहेको छ । यसैक्रममा अमेरिकाको लस भेगासमा यही जनवरी ७ देखि १० सम्म भएको कन्जुमर इलेक्ट्रोनिक्स शो (CES 2025) मा आधारित एक ग्याजेट सार्वजनिक गरिएको छ । यो उपकरणले मानिसको मस्तिष्कलाई पढ्नसक्ने दाबी गरिएको छ । अर्थात् तपाई हामीले के सोँचिरहेका छौँ ? भन्ने कुरालाई यस यन्त्रणले डिकोड गरिदिन सक्दछ ।

अमेरिकी स्टार्टअप Based Hardware ले Omi नामक उक्त एआई उपकरण बनाएको हो । उक्त सानो डिभाइसलाई नेकलेसको रुपमा गलामा लगाउन सकिन्छ । Hey Omi भनेर यसलाई सक्रिय बनाउन सकिन्छ । तर Listening mode मा भने यस्तो जगाउने शव्दको आवश्यकता पर्नेछैन ।

यो सानो डिभाइसलाई आफ्नो टाउकोतिर पनि राख्न सकिन्छ । इन्टरनेटमा केही मानिसहरुले यसलाई दिमाग पढ्ने डिभाइस भनिरहेका छन् । यद्यपि यसो भन्नु पूर्णरुपमा सत्य चाहीँ होइन। किनकि यो ब्रेन कम्प्युटर इन्टरफेसमा आधारित फिचर भविष्यमा आउनेछ।

वास्तवमा यो बिसिआईमा आधारित उपकरण भन्दा पनि एआई टूल जस्तो लाग्दछ । किनकि यसले Rabbit R1 तथा Humane Pin ले जस्तै काम गर्दछ । यसमा GPT4o राखिएको छ र यसले प्रयोगकर्तालाई पर्सनलाइज्ड सुझाव दिन सक्छ।

स्टार्टअप कम्पनी बेस्ड हार्डवेयरका अनुसार यो उपकरणलाई आफ्नो निधारको साइडमा ब्रेन इन्टरफेस मेडिकल टेपको सहयोगले टाँस्न सकिन्छ । यसले प्रयोगकर्ताका प्रश्नहरुको जवाफ दिनसक्छ, कुराकानीलाई संक्षेपीकरण गर्न सक्छ, अब गर्नुपर्ने कामको सूची अर्थात् ToDo List बनाउन सक्छ अनि बैठकको कार्यतालिका पनि तयार गर्न सक्दछ ।

यसले रियल टाइममा भाषा अनुवाद पनि गर्न सक्दछ । अर्थात् तपाईको नजिक कोही व्यक्तिहरु अन्य भाषामा कुराकानी गरिरहेका छन् भनेपनि तपाईलाई कुनै समस्या पर्नेछैन । किनकि यसले उक्त बोलीचालीलाई तपाईको भाषामा अनुवाद गरिदिनेछ।

गोपनियताका लागि खतरा

तर ओमी वास्तवमा आम मानिसहरुको प्राइभेसीका लागि भने एउटा खतराको रुपमा रहनेछ । यो सधै listening mode मा रहने हुनाले यसले तपाईको कुराकानी सुनिरहेको हुन्छ ।

यस्तोमा आफू तथा आफ्नो आसपासका अन्य मानिसहरुका बोलीचाली तथा गतिविधिहरुका डेटा एकत्रित हुने र कुनैपनि बेला दुरुपयोग हुनसक्ने जोखिम रहन्छ । तर निर्माता कम्पनीले प्रयोगकर्ताका डेटा बाहिर नलगिने र उपकरणमै स्टोर हुने भन्दै आफ्ना डेटा कहाँ गइरहेका छन् भन्ने कुरा पनि देख्न सकिने प्रष्ट पारेको छ । त्यसैले नै यसलाई ओपन सोर्स पनि राखिएको छ ।

मानिसको दिमाग पढ्ने दाबी गरिएको Omi को मूल्य चाहिं जम्मा ८९ अमेरिकी डलर अर्थात् करिब १२ हजार नेपाली रुपैयाँ रहेको छ ।

यद्यपि यो डिभाइसको ब्रेन कम्प्युटर इन्टरफेसको पहुँच भने पछि प्राप्त हुने बताइएको छ। हालका लागि यो Audio Only AI डिभाइस हो । यो वर्ष सन् २०२५ को दोश्रो त्रैमासिकमा यसलाई विश्व बजारमा पठाउने योजना कम्पनीको छ ।

कम्पनीका अनुसार ओमीले भविष्यमा मस्तिष्कका तरंग पढ्न सक्नेछ र मानिसले सोँचेको कुरालाई अनुवाद गर्न सक्नेछ । हालका लागि यो फिचर उपलब्ध नभएपनि निकट भविष्यमा यसलाई एक्टिभेट गर्न सकिने बताइएको छ ।

ओमीको आफ्नै एप स्टोरमा साढे २ सय भन्दा धेरै एप हुनेछन् । यी वास्तवमा प्लगइन्स हुन् ।

यदि भविष्यमा ब्रेन कम्प्युटर इन्टरफेस फिचरलाई सक्रिय बनाउनमा कम्पनी सफल भयो भने शायद यो गेम चेन्जिंग डिभाइस बन्न सक्दछ । तर केवल एआई डिभाइसको रुपमा यसलाई प्रयोग गर्नुको चाहीँ कुनैपनि तुक रहनेछैन । बजारमा अहिले नै धेरै खालका एआई डिभाइस छन्, जसको खासै प्रयोग पनि छैन । किनकि स्मार्टफोनमै अहिले एआईसँग सम्बन्धित विभिन्न फिचर उपलब्ध छन् ।

यो पनि पढ्नुहोस्

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने  बुलेट !

याे हाे आफ्नै विश्व कीर्तिमान तोड्ने बुलेट !

६ घण्टा अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मलेसियामा २२ जना नेपाली पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक