काठमाडौं । कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजी चोकस्थित सोही नगरपालिका-१ बस्ने मदन राज भट्टको किराना पसलमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा करिब १ करोड ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाँके, कोहलपुर नगरपालिका-११ बस्ने सन्तोष बुढाथोकीको घरमा सोही नगरपालिका-२ बस्ने जगत राम थारूले सञ्चालन गर्दै आएको मोबाइल पसलमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।