काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । आइतबार दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता/कार्यकर्ताहरू रत्नपार्कमा भेला भइ ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
उनीहरूले एमसीसी सम्झौता, संविधान संशोधन, लिम्यिाधुराको विषयमा भारत—चीनबीच भएको दुई पक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारविरुद्ध विरोध र्याली निकालेका हुन् ।
र्यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको थियो ।