सोम, भदौ १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आगामी २०८४ सालको निर्वाचनमा रास्वपाले कम्तीमा १५० सिट जित्ने दाबी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आगामी २०८४ सालको निर्वाचनमा रास्वपाले कम्तीमा १५० सिट जित्ने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आगामी २०८४ सालको निर्वाचनमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्।

शनिबार चाँगुनारायण नगर समिति वडा नं-५ को प्रथम ऐतिहासिक वडा अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित परियारले रास्वपालाई जनताले आशा र भरोसा राखेको पार्टीको रूपमा चित्रण गरे। साथै, उनले समावेशी र समतामूलक समाज निर्माणमा रास्वपाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

परियारले मुलुकमा समावेशिताको अभावका कारण नै प्रगतिशील समाज निर्माणमा अवरोध भइरहेको बताउँदै रास्वपाको विचार र सिद्धान्त जनताले स्वीकारेमा अन्य कुनै पनि दल ठूलो पार्टी बन्न नसक्ने दाबी गरे।

अधिवेशनले राजु भण्डारी क्षेत्रीको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ। समितिमा ज्योति लामिछाने उपाध्यक्ष, निपेश भण्डारी सचिव, र ज्ञानकिशोर केसी, सुजिता भण्डारी (बुढाथोकी), तारा कम्मर, पूजा भण्डारी, रामप्रसाद हाकजु र सरोज नेपाली सदस्यका रूपमा निर्वाचित भएका छन्।

यस्तै, चाँगुनारायण वडा नं-४ मा पनि वडा अधिवेशन सम्पन्न भएको छ। यस वडामा केशव खनालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ। समितिमा कृष्ण मगर उपाध्यक्ष, नवराज न्यौपाने सचिव र गोविन्द तामाङ, भुवन बजागाईं, रत्नलाल भडेल, गंगा केसी, लक्ष्मी देवकोटा खनाल र जुना खनाल सदस्य रहेका छन्।

पार्टीको सदस्यताको आधारमा चाँगुनारायण नगरपालिका वडा नं-५ रास्वपाको सबैभन्दा बलियो आधार रहेको वडा मानिएको छ। नगर सभापति रोशन थापा पनि यही वडाका बासिन्दा हुन्।

थापाले विकृति, विसङ्गति र बेथितिको विरोधमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छन् भने नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय प्रशिक्षक पनि हुन्।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

२ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

विपद् प्रभावित क्षेत्रमा उद्धार कांग्रेश पार्टीकाे निर्देशन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाका यी ७ स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिने

सबैभन्दा भारी बर्षा स्याङजामा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

नेपालको संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक