धनगढी । नेकपा एमालेले कारबाही गरेका पूर्वउपाध्यक्ष भीम रावल धनगढी आइपुगेका छन् ।
आज बिहान श्री एयरलाइन्सकाे जहाजबाट धनगढी आइपुगेका थिए । धनगढी एयरपाेर्टमा रावललाई उनका समर्थकले नाराबाजीसहित स्वागत गरेका छन् । उनका पक्षका नाराबाजी गरेका समर्थकले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
विमानस्थलमा छोटो प्रतिक्रिया दिँदै उनले बैकल्पिक शक्ति निर्माण अभियानमा आफू जुटेकाे र सबै पक्षसँग छलफल जारी रहेकाे उनले बताए ।
धनगढी एयरपाेर्टबाट समर्थककाे र्यालीसहित रावल अत्तरिया पुगेका छन्। त्यहाँ समर्थकलाई सम्बाेधन गरेर आजै गृह जिल्ला अछाम जाने कार्यक्रम रहेकाे छ ।