काठमाडौं । बाँके, डुडुवा गाउँपालिका-५ खजुरा बस्ने बिनोद थापाको नेपालगंज मल्टी प्रपोज बाख्रा फर्ममा विद्युत सर्ट भई गए राति आगलागी हुँदा करिब ४१ लाख ५३ हजार ६ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, कटारी नगरपालिका-११ बाँसबारी बस्ने फर्स बहादुर खुलाल मगर लगायत २ जनाको घर र पसलमा शुक्रबार बिहान आगलागी हुँदा दुबै जनाको गरी करिब ३६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
अछाम, ढकारी गाउँपालिका-६ मालुमेला बस्ने मने बुढाको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा, चौपाया, भाँडावर्तन, चाँदीको गहना, नगद, सोलार पाता लगायतका सरसामन जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।