शनि, साउन २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्वर्णलक्ष्मीका सञ्चालकसँग तीन लाख धरौटी, प्रत्यक्ष नजोडिएका रविलाई भने ६० लाख

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रवि लामिछाने काठमाडाैं जिल्ला अदालतमा उपस्थित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंमा पनि धरौटीमा छुटेका छन् । तर, स्वर्णलक्ष्मी सहकारीको बचत संगठित रूपमा ठगी गरेको अभियोगमा सञ्चालक र व्यवस्थापकलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालतले प्रत्यक्ष नजोडिएका लामिछानेसँग भने ६० लाख घरौटी मागेको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गरेको उक्त आदेशअनुसार धरौटीको बैंक जमानत बुझाएर लामिछाने बुधबार न्यायिक हिरासतबाट रिहा भएका छन् । यसअघि २४ पुसमा अदालतले सोही मुद्दामा स्वर्णलक्ष्मीका निवर्तमान सञ्चालक समिति सदस्य कमल लामासँग तीन लाख र लेखा समिति सदस्य सुनिता नेवासँग चार लाख धरौटी मागेको थियो । हिरासतमा रहेका सञ्चालक लामा र लेखा समिति सदस्य नेवा छुटिसकेका छन् । तर, सहकारीको सञ्चालक, व्यवस्थापक, बचतकर्ता र ऋणी केही पनि नभएका लामिछानेसँग लामा र नेवाको भन्दा १५ गुणा बढी धरौटी मागेको छ । यही सहकारीको पूर्वसञ्चालक रहेकी कांग्रेस सांसद माया राईको भने तीनपुस्ते विवरण नखुलेको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।

धरौटीमा छुटेपछि रविको प्रतिक्रिया– यो देशमा न्याय मरेको छैन
सबैजनालाई धेरै–धेरै धन्यवाद ! म न्याय प्रक्रियामा सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।

स्वर्णलक्ष्मीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएकोमा लामिछाने सो मिडियाको सञ्चालक हुँदा खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई पनि सो सहकारीको ठगीमा प्रतिवादी बनाइएको थियो । सरकारी वकिलको कार्यालयले मुद्दा अभियोजन गर्दा लामिछाने र जिबी राईको संयुक्त नाममा गाडी खरिद गर्न ऋणी खाता बनाइएको भन्दै सहकारीको सफ्टवेयरमा देखिएको नामलाई प्रमाणस्वरूप पेस गरेको थियो । तर, ऋण माग गरेको, केवाइसी फाराम, धितोलगायत कुनै पनि प्रक्रियामा लामिछाने संलग्न भएको प्रमण भने मिसिलमा देखिँदैन । लामिछानेले भने आफ्नो नाममा नक्कली ऋणी खाता खोलिएको दाबी गरेको बताउँदै आएका छन् ।

धरौटीमा छुटेपछि लामिछानेले काठमाडौं जिल्ला अदालत परिसरमा उपस्थित समर्थकलाई धन्यवाद दिँदै अदालतको सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । ‘म न्याय प्रक्रियामा सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन,’ उनले भने ।

पोखराको सूर्यदर्शन सहकारी मुद्दामा धरौटीमा छुटेपछि लामिछाने गत आइतबार आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । आइतबार उनको बयान भएकोमा सोमबार र बुधबार थुनछेक बहस भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा मुख्य आरोपीहरू भने अझै फरार छन् ।

रविविरुद्ध रुपन्देही, चितवन र पर्सामा मुद्दा दायरको तयारी 
कास्की र काठमाडौंको मुद्दामा छुटेपछि रवि लामिछानेविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि प्रहरीले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ । रुपन्देहीमा प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । बुटवलको सहकारीमा प्रहरीले मूल अभियोग गत वर्ष नै दायर गरेको थियो ।

चितवन र पर्सामा पनि पूरक अभियोगपत्र दायरको तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । ती जिल्लामा लगेर यसअघि नै लामिछानेको बयान प्रहरीले लिइसकेको छ । मूल अभियोगमा सामान्य ठगीको मुद्दा मात्र दायर भएकोमा पूरक अभियोगमा भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको छ । सहकारीको ठगीमा संलग्न मुख्य आरोपीलाई पक्राउ र अनुसन्धानमा चासो नदिई गोर्खा मिडियामा जोडिएका आधारमा लामिछानेलाई केन्द्रित गरी अनुसन्धान भएकाले यसलाई रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ । नयाँ पत्रिका

यो पनि पढ्नुहोस्

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

प्रहरीको घातक हतियार प्रयोग फेरि प्रश्नको घेरामा

१० घण्टा अगाडि

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

खसी तस्करीमा आएन कमी

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक