काठमाडौं । अबदेखि क्यूएफएक्सका हलहरूमा २.५ फिटमुनिका बालबालिकाले सिनेमा हेर्न नपाइने भएकाे छ ।
बुधबार एक सूचनामार्फत क्यूएफएक्सले सिनेमा हेर्न बालकदेखि वृद्धसम्म सबैका लागि तोकिएको टिकटदर लागु हुने जनाएको हो । “वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा हेर्न तोकिएको टिकटदर लागु हुनेछ ।
२.५ फिटभन्दा मुनिका बालबालिकालाई सिनेमा घरभित्र प्रवेश निषेध गरिएको छ,” सूचनामा जनाइएकाे छ ।