काठमाडाैं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङ पक्राउ परेकी छन् ।
उनलाई बुधबार दिउँसो पक्राउ गरेर प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए ।
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिएर प्रहरीले तामाङलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
तामाङले विभिन्न सार्वजनिक स्थलमा पुगेर भिडियो बनाउने तथा ‘अभद्र शैली’मा प्रस्तुत हुने गरेकी थिइन् । उनले ती भिडियोहरूलाई सामाजिक सञ्जालमा राख्ने गरेकी थिइन् ।
उनले केही दिन पहिले ड्युटीमा रहेका प्रहरी अधिकारीलाई समेत ‘बर्दी खोलेर नाङ्गै हिँड्नुस्’ भन्दै थर्काएकी थिइन् ।