काठमाडाैं । रेडमी नोट १४ सिरिजमा चार मोडेलका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ग्लोबल टेक्नोलोजी लिडर शाओमीले उक्त सिरिजका स्मार्ट फोन सार्वजनिक गरेको हो ।कम्पनीले रेडमी नोट १४ सिरिजमा रेडमी नोट १४, रेडमी नोट १४ ५जी, रेडमी नोट १४ प्रो ५जी र रेडमी नोट १४ प्रो प्लस ५जी गरी ४ मोडेलहरू सार्वजनिक गरेको हो । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिस डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकाले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने कम्पनीको दाबी छ ।
रेडमी नोट १४ प्रो ५जी बोल्ड डिजाइन र उत्कृष्ट टिकाउ रहेको कम्पनीको भनाइ छ । यसमा आईपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश छ, जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ । ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु र मिडनाइट ब्ल्याक रङमा बजारमा ल्याइएको यो मोडलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ । यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँछ।
२०० मेगा पिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६-इन-१ पिक्सेल विनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगा पिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगा पिक्सेलको म्याक्रो क्यामरा र २० मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । डायनामिक सट्स, मोसन ट्र्याकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले गर्दा यस डिभाइसले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउने कम्पनीले जनाएको छ ।
५११० एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ, जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् । गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सनजस्ता एआई विशेषताहरू पनि उपलब्ध छ ।
रेडमी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रीनमा उपलब्ध हुनेछ । जुन २४ हजार ९९९ रुपैयाँ (६ /१२८ जीबी) र २७,९९९ रुपैयाँमा (८/२५६ जीबी) किन्न सकिनेछ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा पाइने रेडमी नोट १४ ५जी ३० हजार ९९९ रुपैयाँ (८ /२५६ जीबी) र ३५ हजार ९९९ रुपैयाँमा (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ । यस्तै, रेडमी नोट १४ प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा किन्न सकिनेछ । जसको मूल्य ३९ हजार रुपैयाँ ९९९ (८/२५६ जीबी) र ४४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।
रेडमी नोट १४ प्रो ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा पाइनेछ, जसको मूल्य ४९ हजार ९९९ रुपैयाँ (८ /२५६ जीबी) र ५४ हजार ९९९ रुपैयाँ (१२/५१२ जीबी) छ ।