काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँग टेलिफोन वार्ता गरेकी छिन्।
परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान भएको टेलिफोन वार्तामा राणाले हमासले बन्दक बनाएका विपिन जोशीको रिहाइका लागि कतारसँग सहयोग मागेकी थिइन्। हामासले रिहा गर्न लागेको बन्दकको हालै प्रकाशित सूचीमा भने विपिनको नाम छैन।
इजरायल र हामासबीच युद्धविरामका लागि चलिरहेको वार्तामा सकारात्मक संकेत देखिएको भन्दै मन्त्री राणाले आज हुने वार्ताले बहुप्रतिक्षित युद्धविराम हुने विश्वास व्यक्त गरिन्।
कतारका राज्यमन्त्रीले नेपालसँगको आफ्नो सम्बन्धलाई उच्च मूल्यांकन गरेको भन्दै उक्त वार्तामा विपिनको पनि कुरा राख्ने आश्वासन दिए।