काठमाडौं । बेलायतका राजकुमार एडवर्डले सन् २०२५ को पहिलो विदेश भ्रमण नेपालबाट गर्ने भएका छन् । उनका पत्नी सोफीसहित पारिवारिक भ्रमणका लागि ४ फेब्रुअरीमा नेपाल आउन लागेकाे छ ।
शाही परिवारको आधिकारिक वेबसाइटमा उनीहरूले नेपाल भ्रमण गर्ने उल्लेख गरिएकाे छ । तर भ्रमणको विस्तृत तालिका भने सार्वजनिक गरिएकाे छैन ।
सन् १८५२ मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाबाट बेलायत–नेपाल भ्रमण सुरु भएको थियो । बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा दुई पटक नेपाल भ्रमण गरेकी थिइन् । यसैगरी तत्कालीन राजकुमार चार्ल्स, युवराज्ञी डायना र राजकुमार फिलिपले पनि नेपालको भ्रमण गरेका थिए ।
अहिले नेपाल भ्रमणमा आउन लागेका प्रिन्स एडवर्ड, बेलायतकी महारानी एलिजाबेथ द्वितीया र प्रिन्स फिलिपका कान्छो सन्तान हुन् । उनी अहिले बेलायतको राजगद्दीको उत्तराधिकारीमा १४ औं स्थानमा छन् ।