काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-४ ब्रह्माखेल बस्ने ४८ वर्षीय गोपाल मिजार आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, भीमफेदी गाउँपालिका-२ रिठे डाँडामा कैलाश गाउँपालिका-७ बस्ने ७० वर्षीय टिकाराम प्रजा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका-३ स्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ८० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।