काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण फलदायी भएको जनाएकी छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. राणाले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे बाह्र बुँदे ब्रिफिङ गरेकी हुन् ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गत असोज ४ गतेदेखि १४ सम्म अमेरिका भ्रमण गरेको थियो । उक्त भ्रमणमा परराष्ट्रमन्त्री डा. राणा पनि सहभागी थिइन् ।
हेर्नुहोस् प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्रमन्त्रीको ब्रिफिङः