बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाटन अस्पतालमा शवगृहको स्तरोन्नति

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
पाटन अस्पतालमा शवगृहको स्तरोन्नति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति भएको हो । शवगृहमा ४ वटा शव राख्न मिल्ने थियो भने अब २४ वटा शव राख्न सकिन्छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको जनाए । महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै भने, ‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिन्नौं ।’

उनले पाटन अस्पतालसँग कोभिडको बेला पनि महानगरले सहकार्य गरेको स्मरण गर्दै बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र यल स्वास्थ्य केन्द्र संचालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेका जनाए ।

पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको जनाउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिए ।

अस्पतालका डाइरेक्टर प्रा. डा. रवि शाक्यले शव गृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागे पनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उनले जनाए । उनले भने, ‘कहिले काहिँ लासमाथि लाख खप्टेर राख्नुपथ्र्यो, अब त्यस्तो अवस्था आउँदैन । लास खप्टेर राख्दा छिटो कुहिनेदेखि विभिन्न खालका समस्यासँग झेल्नु पर्थ्यो ।’

अस्पतालका फरेन्सिक विज्ञ डा. सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताइन् । ‘झट्ट हेर्दा लासलाई किन राम्रो ठाउँ चाहियो र जस्ता लाग्छ, तर त्यसो होइन,’ उनले भनिन्, ‘लासको पनि सम्मान गर्नुपर्छ, त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ ।’

विपद्का बेला अझै लाश राख्ने ठाउँको अभाव हुने बताउँदै नयाँ बन्ने भवनमा अर्को शवगृह निर्माणको लागि पनि उनले पालिकालाई अनुरोध गरिन् । भनिन् , ‘असोजको बाढीमा हामीलाई अझै गाह्रो भएको थियो ।’

अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले नगरप्रमुख र नगरपालिकाले पाटन अस्पतालको आवश्यकता पहिचान गरेर सहयोग गरेको जनाए ।

यो पनि पढ्नुहोस्

हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन

मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग

१८ सेकेन्ड अगाडि
प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

प्रचण्डलाई पत्र लेख्दै सेक्युरिटी कमान्डरले छाडे साथ

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

खापुङको बिदाइमा गृहमन्त्री अर्याल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक