बुध, बैशाख २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिविले साइवर सेक्युरिटी कोर्समा नयाँ विकल्पहरू अघि सारे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले स्नातकोत्तर तहका नेटवर्क तथा साइवर सेक्युरिटी कोर्समा नयाँ विकल्पहरू अघि सारेको छ । संस्थानले स्नातकोत्तर तहको एमएसस्सी कम्प्युटर इन्जिनियरिङ स्पेशलाइजेशन इन नेटवर्क एन्ड साइबर सेक्युरिटी कार्यक्रममा दुई विकल्प अघि सारेको हो ।

साइबर सुरक्षासँग सम्बन्धित भएको यो कार्यक्रमले विश्वभर नै यस्ता विशिष्टीकृत कार्यक्रमहरूमा दुई विकल्प दिने गरेका छन् । जसमा पहिलो विकल्प भनेको एमएस्सी वाई रिसर्च र एमस्सी वाई कोर्स रहेका छन् । संस्थान अन्तर्गत सबै स्नातकोत्तर तहका कार्यक्रममा हाल एमएस्सी वाई रिसर्च मात्रै विकल्प दिइँदै आएको छ । अबदेखि एमएस्सी वाई कोर्स समेत विकल्प दिइने संस्थानका सहायक डीन प्राडा विनोद कुमार भट्टराईले जानकारी दिए ।
रिसर्चको विकल्पमा विद्यार्थीले प्रत्येक चौथो तथा अन्तिम सेमेस्टरमा १६ क्रेडिट बराबरको पूर्ण अनुसन्धानमा आधारित थेसिस गर्दै आएका छन् । अनुसन्धानात्मक थेसिस गर्नुपर्ने बाध्यताले विद्यार्थीहरूलाई उपाधि हासिल गर्न गाह्रो हुने गरेको छ  भने उत्तीणदर समेत कम हुँदै गएकाले अन्तर्राष्ट्रिय असल अभ्यासलाई स्वीकार गर्न जरुरी रहेको हुँदा यस्तो निर्णय गरिएको भट्टराईले बताए ।
यसले गर्दा भविष्यमा विद्यार्थीहरूलाई विद्यावारिधि लगायत अनुसन्धानमा नलाग्ने उत्पादनमुखी इन्डस्ट्रीमा काम गर्नेहरूलाई कोर्सको विकल्प दिइएको उनले बताए । उद्योगहरूमा कार्यरत जनशक्तिले अनुसन्धानमा नलाग्ने हो भने अन्तिम सेमेस्टरको १६ क्रेडिटको थेसिसको सट्टामा सोही क्रेडिट बराबरको कोर्सहरू पढ्न पाउने र परीक्षामा उत्तीर्ण भई उपाधि प्राप्त गर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको उनको भनाइ छ ।

संस्थानले २०८० को ब्याचदेखि नै लागू हुने गरी पहिलो पटक यस्तो विकल्प समेत दिने निर्णय गरेको बताए । साथै उक्त कार्यक्रममा २० जनाको भर्ना क्षमतालाई बढाएर २४ सिट कायम गरेको छ । भर्ना हुनेहरूमध्ये कम्तीमा एक जनाले टिचिङ असिस्टेन्ट (टिए), रिसर्च असिस्टेन्ट (आरए) भई विभागमा अध्यापन तथा अनुसन्धान गर्न पाउने उनले जनाए ।

अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा कोर्समा आधारित उपाधि र टीए, आरए जस्तो छात्रवृत्ति प्रदान गर्दै आएका छन् । पछिल्लो समय उच्च शिक्षाको अध्ययनका लागि विदेश जाने दर बढ्दै गएको र नेपालकै विश्वविद्यालयबाट यस्तो अवसर प्रदान गरिएपछि विद्यार्थीहरूलाई सहज हुने उद्देश्यका साथ यस्तो निर्णय गरिएको संस्थानका डीन प्राडा सुशील बहादुर बज्राचार्यले जनाए।

यो निर्णयसँगै उक्त कार्यक्रममा विद्यार्थीहरूले अन्तिम सेमेस्टरमा थेसिस लिने कि कोर्स लिने भनेर अघिल्लो सेमेस्टरमै रोज्न पाउनेछन् । कोर्स लिने विद्यार्थीहरूले थेसिसको सट्टा सेमिनार, भोलेन्टियर एसिसमेन्ट एन्ड पेनेट्रेशन टेष्टिङ, साइबर थ्रेट इन्टेलिजेन्स र इन्ड्रष्टियल प्रोजेक्ट जस्ता कोर्सहरू पढ्न सक्ने उक्त कार्यक्रमका संयोजक डाक्टर बाबुराम दवाडीले बताए । यस्तो नीतिगत निर्णयसँगै आगामी वर्षहरूमा अन्य कार्यक्रमहरूमा पनि आवश्यक रहेको कोर्समा आधारित विकल्प खोज्दै जाने नीति रहेको डीन बज्राचार्यले बताए ।

संस्थानले आगामी वर्ष २०८२ को स्नातकोत्तर तहका लागि नयाँ भर्ना प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि प्रवेश परीक्षाका लागि माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सकिने संस्थानले जनाएको छ । प्रवेश परीक्षा माघ २५ गतेदेखि हुने संस्थानले जनाएको छ ।

यो पनि पढ्नुहोस्

एसइई परिक्षा देशभर एकैसाथ सुरु

एसईईको १ महिनाभित्र नतिजा सार्वजनिक हुने

१३ घण्टा अगाडि
शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पहाडी इलाकामा आंशिक बदली

मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी सुरु

कृषि मन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

गृहमन्त्री र चिनिया राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक