मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जलवायु परिवर्तन र व्यापार दीगोपनका विश्वव्यापी मुद्दा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
जलवायु परिवर्तन र व्यापार दीगोपनका विश्वव्यापी मुद्दा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जलवायु परिवर्तन र व्यापार दीगोपनका मुद्दा कुनै मुलुक विशेषभन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेको सरोकारवालाले जनाएका छन् ।

यस्तो समस्या सबै मुलुक मिलेर समाधान गर्नुपर्ने उनीहरूको धारणा छ ।

विश्व व्यापार संगठन (डब्लूटिओ) र काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दीगोपना विषयक’ सम्मेलनमा अर्थमन्त्री विष्णु प्रसाद पौडैलले नेपाल जलवायु परिर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको जनाए ।

कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरूको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधिकरण गर्न आवश्यक रहेको उनको धारणा छ । दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चूनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल गर्न सम्मेलनले सहयोग पुग्ने उनको धारणा छ ।

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले संभव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनले जनाए ।

ठूलो लगानीमा निर्माण गरेका पुर्वाधार संरचनामा वर्षेनी आउने प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रियामा क्रियासिल हुनुपर्ने सुझाव उनले दिए ।

सम्मेलनमा काठमाडौं विश्व विद्यालयका रजिष्टार डा. अच्युुत वाग्लेले निजीक्षेत्र मैत्री दीगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दीगो विकासको लागि टेवा पुग्ने जनाए ।  व्यापारमा दीगोपनको सन्दर्भ उठाउँदा राजस्व र करको कुरा मात्र नभई लगानी बढी गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उनले जनाए । अहिले जलवायु परिवर्तन र विश्वव्यापी प्रवृत्ति रहेकाले दक्षिण एसियाको व्यापारलाई न्यायोचित र सन्तुलित तरिकाले प्रवर्द्धन गर्नुपर्ने समेत उनको धारणा छ ।

सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेशनल ट्रेड ल एण्ड आरबिटेसन इष्टबुुल विलगि युुनिभरसिर्टीका निर्देशक डा.एन पिनर आर्टिरले जलवायुु परिर्वतन र वातावरणीय दिगोपनतालाई ध्यानमा राखेर नेपालले व्यापार अघि बढाउनुपर्ने बताए । कृषि, पर्यटन, व्यापार पुर्वाधार जस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुुपर्ने उनको धारणा छ । सोही अवसरमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव देवराज जोशीले व्यापार र जलवायु परिर्वतनका क्षेत्रमा रहेका समस्या र चुनौतीलाई सम्बोधन गरी दिगो व्यापारमा नेपाल अगाडि बढ्नुपर्ने धारणा राखे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, ट्रकी, बंगलादेश, इन्डोनेसियासहित नौ देशका प्रतिनिधि सहभागि छन् । सम्मेलन आज समापन हुने कार्यक्रम रहेकाे छ ।

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

११ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक