काठमाडौं । सप्तरी, बलान बिहुल गाउँपालिका-१ बलानपट्टीस्थित खेतबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७० किलोग्राम शनिबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी मौवहाबाट खटिएको प्रहरीले परालभित्र प्लाष्टिकको २४ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२४ बहुअरीबाट अवैध लागूऔषध गाँजा १ सय ३२ किलोग्राम शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बिआर ०१ जिएल ३९२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।