सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुरमा सामाजिक क्षेत्रमा समन्वयको अभाव, एचआइभी सङ्क्रमितका समस्यामा उपेक्षा

सन्जिब दुलाल

भक्तपुर ।  भक्तपुरका चार वटा नगरपालिकाले एचआइभी सङ्क्रमित र लागूपदार्थ दुर्व्यसनीको उपचार, पुनः स्थापना, र जीविकोपार्जनमा आवश्यक पहल नगरेको भन्दै सरोकारवाला निकायहरूले गुनासो गरेका छन्।

चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले आयोजना गरेको सामाजिक लेखाजोखा कार्यक्रममा सरोकारवालाहरूले स्थानीय तहले आवश्यक जिम्मेवारी बहन नगर्दा समस्या झन् जटिल बन्दै गएको बताएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर थापाले सामाजिक तथा मानवीय क्षेत्रमा काम गरौँ भन्दा भक्तपुरका मेयरहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाए।

थापाले भक्तपुरका चार नगरपालिकाका मेयरहरूले समन्वय बैठक बस्ने वाचा गरे पनि कहिल्यै कार्यान्वयन नगरेको उल्लेख गरे ।

उनले भने, “मुखले सबै जना सहयोग गर्न तयार हुँ भन्नुहुन्छ, तर व्यवहारमा चार जना मेयर चार मुख गर्नुहुन्छ । कुनै नगरपालिका पूर्ण रूपमा असहयोगी बनेका छन्।” चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाबाट थोरै समन्वय भए पनि सूर्यविनायक र भक्तपुर नगरपालिकाबाट कुनै सहयोग नआएको थापाको गुनासो छ ।

आफ्नै पार्टीका मेयर भएको सूर्यविनायक नगरपालिकाले समेत समन्वय नगर्दा थापा असन्तुष्ट देखिए ।

कार्यक्रमका वक्ताहरूले एचआइभी सङ्क्रमितहरू सामाजिक लाञ्छना र भेदभावका कारण खुलेर उपचार गर्न नसकेको बताए ।

भक्तपुरका ६० प्रतिशतभन्दा बढी सङ्क्रमितले जिल्लाबाहिर गएर औषधि सेवन गर्नुपरेको छ। सुरुवात सामुदायिक केन्द्रका कार्यकारी निर्देशक राजेश दिदियाले नगरपालिकाहरूको उदासीनताका कारण एचआइभी सङ्क्रमितहरूको जीवनस्तर सुधार हुन नसकेको बताए। “नगरपालिकाले अर्बौँको बजेट हुँदा पनि सामाजिक क्षेत्रमा किन कुनै बजेट छुट्टाएको छैन?” उनले प्रश्न गरे ।

भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरका अनुसार १५० भन्दा बढी सङ्क्रमितले औषधि पाइरहे पनि उनीहरूको आर्थिक अवस्थाले पोषणयुक्त आहार तथा जीवनस्तर सुधार्न समस्या भइरहेको छ। काउन्सिलर सृष्टि अर्यालका अनुसार, “औषधिले मात्र काम गर्दैन, सङ्क्रमितहरूको प्रतिरोधी क्षमता बढाउन पोषण आवश्यक छ ।

नगरपालिकाले पोषण र जीविकोपार्जनमा सहयोग गर्नुपर्छ।” कार्यक्रमका वक्ताहरूले एचआइभी सङ्क्रमणलाई केवल स्वास्थ्य समस्या नभई सामाजिक चुनौतीका रूपमा लिएर समाधान गर्नुपर्ने बताए ।

विद्यालय स्तरदेखि जनचेतना फैलाउन र फार्मेसीहरूबाट लागु औषधको अवैध बिक्रीमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याइयो ।  जिल्ला समन्वय समितिका प्रमुख थापाले आगामी दिनमा नगरपालिकाहरूलाई समन्वयमा ल्याएर एकीकृत प्रयास गर्ने वचन दिए । “नगरपालिकाहरूले बजेट विनियोजन र कार्यक्रम राख्न थाल्छन् भने दबाब सिर्जना हुन्छ । अब यस क्षेत्रमा सहकार्य र समन्वयको नेतृत्व जिससले गर्नेछ,” उनले भने ।

भक्तपुरमा सामाजिक समस्या समाधानका लागि स्थानीय तहहरूको भूमिकामा सुधार आवश्यक देखिएको छ। एचआइभी दुर्व्यसनीहरूको जीवनस्तर सुधार्न सबै तहबाट सहकार्य र समन्वय अपरिहार्य रहेको सरोकारवालाहरूले बताए ।

यो पनि पढ्नुहोस्

नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना

नेपालमा पाइने जडीबुटीबाट औषधि उत्पादनको ठुलो सम्भावना

१ हप्ता अगाडि
लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

नेपालको स्वास्थ्य प्रणाली समस्याग्रस्त

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक