काठमाडौं । सुनसरी, रामधुनी नगरपालिका-६ शंखर बेली बस्ने ३६ वर्षीय सन्तोष खड्काको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा विभिन्न फर्निचर लगायतका सरसामानहरू जलेर करिब ८ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
खोटाङ, केपिलासगढी गाउँपालिका-७ बबु बस्ने निर कुमार राईको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर र घर भित्र रहेका नगद तथा जिन्सी सामान जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।