शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युवाहरुलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन पहल सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
युवाहरुलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन पहल सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवाहरुलाई न्यून ब्याजमा लगानीको वातावरण बनाउन सरकारले पहल सुरु गरेको बताउनुभएको छ ।

चितवन महोत्सव २०८१ को बिहीबार नारायणगढमा उद्घाटन गर्नुहुँदै मन्त्री भण्डारीले उद्योग व्यवसायको संरक्षणका लागि ब्याजमा सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।

“नवीनतम सोचका साथ न्यून ब्याजमा युवाहरुलाई लगानीको वातवरण तयार गर्नुपर्छ भनेर सरकनरले गृहकार्य सुरु गरिसकेको छ’’, उहाँले भन्नुभयो ।

उहाँले शासकीय व्यवस्थामै आवश्यकता अनुसार नीतिगत, प्रशासन सुधार गरेर पनि देशमा लगानीको वातवरण बनाउने बताउनुभयो ।

“आर्थिक ऐन संशोधन गरेरै भए पनि आन्तरिक र बाह्य लगानीका बाधक ऐन संशोधन गरेर हामी अगाडि बढ्दै छौं । यसले लगानी मैत्री नीति बनाउँदै छौं ।’’ उहाँले भन्नुभयो ।

“मेरो देश मेरो उत्पादित योजना सरकारले अघि सार्दै छ’’, उहाँको भनाइ छ । चितवनको गौरव र गरिमामय  प्रस्तुतिका रुपमा लिइने चितवन महोत्वस  बिहीवारबाट सुरु भएको हो ।

महोत्सव उद्घाटन पूर्व बिहानै झाँकीसहितको शोभा यात्रा निकालिएसँगै महोत्सव विधिवत् सुरु भएको हो ।

हरेक दुई÷दुई वर्षमा आयोजना हुने चितवन महोत्सवको यो वर्ष १५ औँ शृङ्खला हो । महोत्सव २०५३ सालवाट सुरु गरिएको हो ।  महोत्सवको रोबटद्वारा उद्घाटन गरिएको हो ।

महोत्सव माघ १० गतेसम्म चल्नेछ । नारायणी किनारमा सञ्चालन हुने महोत्सवमा यो वर्ष ४३० वटा विभिन्न स्टल छन् ।

यो वर्ष केराको थामबाट रेखा निकाल्ने कामको प्रत्यक्ष अवलोकन गराइएको छ । केराको थामको रेखालाइ कपडा बनाउने धागोका रुपमा प्रयोगमा ल्याउन सकिने भएकाले यसको प्रवर्द्धन गर्न म प्रहोत्सवमा यो प्रत्यक्ष अवलोकनका लागि राखिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपियाँ बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् । विभिन्न अटोदेखि चाइनिज समानहरु प्रदर्शनीमा  राखिएकाले यसको कारोबार बढी हुने अपेक्षा छ ।

महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने विश्वास लिइएको छ । आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा लिइएको उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष राजेन्द्र वलीले बताउनुभाये ।

महोत्सवमा यसपटक पर्यटन प्रवर्द्धनलाई जोड दिइँदैछ । अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरालगायत उत्पादनलाई प्राथमिकता दिइएको हो ।

महोत्सवमा विदेशी उत्पादनसहित स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा स्थानीय उत्पादनसहित अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको सहभागिता रहनेछ । यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिँदै छ ।

महोत्सवमा सात वटा विशेष स्टल, डोम कृषि परिसर, अटो परिसरका साथै निर्माण व्यवसायीको सहकार्यमा निर्माण एक्स्पो, घरेलु तथा साना उद्योग, विभिन्न सङ्घसंस्थाका स्टल, रेष्टुरेन्ट परिसर छन् ।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक