सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ। पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले बैठकको समापन गरेको हुन्।

बैठकमा केन्द्रीय सदस्यहरुले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन र दुई नेतृमाथि गरिएको निलम्बन फिर्ता हुनुपर्ने माग गरेका थिए। जवाफमा ओलीले कारबाही पुर्नविचार/पुनरावलोकन नहुनेमात्र नभई उनीहरुलाई कारबाही गर्नै ढिलो भएको जवाफ दिए।

‘पिलो निचोरिँदैमा आफ्नो वजन नट्ने जवाफ दिँदै’ उनले पुनर्विचार नहुने जनाएका छन्। त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई पनि चाँडै पार्टीबाट निकाल्ने चेतावनी उनले दिएका छन्।

ओलीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘पिलो निचोरिँदैमा मेरो वजन घट्दैन। बिन्दा र उषाको प्रतिक्रिया हेर्दा ६ महिना पर्खिन थामिन सकिन्छ जस्तो लाग्दैन। अर्को बैठकमै पार्टीबाट बिदाको निर्णय हुन सक्छ। चम्केर बोल्ने?’

ओलीले विन्दा र उषा कहिल्यै पार्टीको पक्षमा नबोलेको बरु पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखे। ‘विन्दा र उषा पार्टीको पक्षमा कहिलै बोलेनन् तर पार्टीको विरुद्धमा मिडियामा, फेसबुकमा, टिभीमा, युट्युबमा धाउने, एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ? ठुला कुरा गर्ने?’ ओलीले भने।

ओलीले रावलको जिल्ला जाँदा कांग्रेसका नेताहरु फूलमाथि लिएर आएको तर उनी देखासमेत नपरेको भन्दै गुनासो गरे। ‘भीम रावललको जिल्ला जाँदा बरु कांग्रेसले फूलमालाले स्वागत गरे तर उनी देखा समेत परेनन्,’ ओलीले अगाडि भने, ‘भीम रावल लडेर झगडा गरेर धम्काएर खान सिपालु मान्छे हो।’

ओलीले रावलले आफूविरुद्ध गौरा पर्वमा १०/१२ जना लगाएर ‘केपी चोर देश छोड’ भन्ने नारा लगाएको दाबी गरे।

ओलीले आफ्ना सन्तान नभएकाले पैसा धन सम्पत्तिको आवश्यकता नरहेको जनाए। आफूलाई पैसाको खाँचो नपरेकाले भ्रष्टाचार गर्ने कुरै नभएको उनको भनाइ थियो। ओलीले भने, ‘म सन्तान नभएकोलाई किन चाहियो पैसा? म बिरामी मान्छे पनि हुँ कति बेला के हुन्छ थाहा छैन।’

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

३ घण्टा अगाडि
विप्लव नेकपाकाे बैठक बस्दै

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक