सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चालु आर्थिक वर्ष बेरुजु शून्य पार्ने कामपाकाे योजना

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिने अल्टिमेटम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष बेरुजु शून्य पार्ने योजना बनाएको छ ।

आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारिता बढाउने र विगत वर्षहरूमा औंल्याइएका बेरुजुलाई सम्परीक्षणबाट घटाउने योजना अनुसार महानगरले काम गरिरहेको छ । गत आव २०८०/८१ को अन्तिम लेखा परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षण अधिकारीसँगको छलफल क्रममा महानगरका अधिकारीहरूले योजना सुनाएका हुन्

१४ पुस २०८१ मा २०७३/७४ देखि २०७९/८० सम्म नियमित गराउनुपर्ने र सम्परीक्षण गराउनुपर्ने बेरुजु रकममध्ये २३ करोड ५८ लाख १८ हजार १ सय १० रुपैयाँ नियमित गराउन तथा सम्परीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा पेस गर्न पठाउने निर्णय गरेको थियो ।

नगरसभा अन्तर्गतको लेखा समिति संयोजक गायत्री पुडासैनीले सभामा यस सम्बन्धी प्रस्ताव पेस गरेका थिए । पुडासैनीका अनुसार २ करोड ७० लाख ९९ हजार ७ सय ५६ हजार रुपैयाँ नियमित गराउन र २० करोड ८७ लाख १८ हजार ३ सय ५४ रुपैयाँ सम्परीक्षण गराउन प्रमाण प्राप्त भएकाले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औंल्याएको फर्छ्योट हुन बाँकी बेरुजु फर्छ्योट प्रक्रियामा लगेको हो ।

महानगरका वित्त विभाग र वडा सचिवहरूसँगको बैठकमा नायब महालेखा परीक्षक ताराप्रसाद पाण्डेले लेखा परीक्षण क्रममा लेखा परीक्षकले मागेका तथ्य, आधार, प्रमाण र कारण तत्काल उपलब्ध गराउन आग्रह गरेका थिए ।

‘सोधिएका कारण र खोजिएका प्रमाण प्राप्त हुन नसके बेरुजु गनिन्छ । सञ्चित कोषको रकम खर्च गर्दा प्रचलित विधि र पद्दति मिलेको हुनुपर्छ । लेखा परीक्षकले खोज्ने यसका आधार र प्रमाण हुन्,’ पाण्डेले भने । उनले जनाए  अनुसार कानुनबाट निर्देशित नभएका कारण, रीतभाँत र प्रक्रिया नपुगेका कारण त बेरुजु हुन्छ नै, मागिएका प्रमाण र आधार नपाउँदा पनि बेरुजु जनिन्छ । यसबाट तथ्य, निर्देशन र आलोचना प्राप्त हुन्छ । महालेखाले औंल्याएको यो विषय हेर्ने निकायले हेर्नुपर्छ ।

‘बेरुजु भन्ने बित्तिकै भ्रष्टाचार भएको ठान्ने गरिन्छ । यो एउटा पक्ष हुन सक्छ । तर, सबै बेरुजु भ्रष्टाचार होइन । रित नपुगेपछि बेरुजु हुन्छ । यस्तो खर्चलाई सम्परीक्षण गरेर बेरुजुबाट हटाउनुपर्छ,’ उनले भने ।

बेरुजु लेखिएको बारेमा वडा सचिवले गरे यस्ताे ? 

छलफलमा वडा सचिवहरूले विगत वर्षहरूमा बेरुजु लेखिएका विषयमाथि प्रश्न गरेका थिए । ‘प्रारम्भिक लेखा परीक्षणले औंल्याएका विषयमा पनि ३५ दिनभित्र प्रमाण पेस गर्न सक्ने व्यवस्था छ । सकेसम्म यो अवस्थामा पुग्नु नपरोस् भन्ने उद्देश्य राखेर काम गरौं,’ जवाफमा पाण्डेले भने ।

बैठकमा वडा सचिवहरूले गएको वर्ष जनिएका बेरुजुप्रति आफ्ना धारणा राखेका थिए । सम्पत्ति करको आकार देखेर वा घरको आकार ठूलो देखेर बहाल कर उठाउन बाँकी भनेर बेरुजु लेखियो,’ एक वडा सचिवले बैठकमा भने ।

उनका अनुसार घर धनी त्यस घरलाई बहालमा लगाएको छैन भनेर दाबी गरिरहेको हुन्छ । नाम हेरेर ठूलो कम्पनी ठानेर बहाल रकम धेरै हुनुपर्ने अनुमान गर्दै बहाल करमा बेरुजु लेखियो ।

‘उदाहरणका लागि डाइग्नोस्टिक सेन्टर । यो नाम हेर्दा ठूलो छ भन्ने लाग्छ । कतिपय डाइग्नोस्टिक १ वा २ वटा कोठामा पनि चलेका छन् । ७ वटा फाइलबाट २ करोड उठाउन बाँकी छ भनेर लेखिएको छ,’ ती सचिवले भने ।

वडा सचिवहरूका अनुसार एउटै ठाउँमा एउटै नाम गरेका धेरै व्यक्ति हुन्छन् । नामका आधारमा मात्र कसलाई बेरुजु तिर्न बोलाउने भन्ने हुँदा समस्या भएको गुनासो गरेका थिए ।

‘एकमुष्ट बेरुजु लेखिदिँदा एउटाले भुक्तानी गरेपछि अंक फर्छ्योट गराउन सकिएन । कुन–कुनबाट कति–कति उठाउने हो? त्यो विवरण नलेखिदिँदा कोबाट उठाउने हो, पत्ता लगाउन सकिएन,’ ती वडा सचिवले भने ।

लेखा परीक्षकलाई प्रश्न गर्दै एक वडा सचिव व्यक्तिले हाउजिङ, अपार्टमेन्ट बनाएर बिक्री गर्दै स्वामित्व सार्दै गयो तर बेरुजु निर्माण पक्षको जनियो । ‘ऊ मैले बेचिसकेँ भनिरहेको छ । बेरुजु थपिँदै गइरहेको छ । बहाल करमा संघीय सरकारले स्थानीय सरकारलाई स्वतन्त्र भएर काम गर्न नदिएकाले विगतमा राजस्व बेरुजु धेरै देखिएको हो,’ उनले भने ।

नायव महालेखा परीक्षक पाण्डेले वडा सचिवहरूको प्रश्नपछि सोधिएकै बेलामा जवाफ दिएको भए, ३५ दिनभित्र जवाफ पठाएको भए, यस्तो अवस्था नआउने उत्तर दिएका थिए । छलफलमा वडा सचिवहरू कमल गौतम, सुरेश दाहाल, पदमकेशर अधिकारी, शम्भु बराल, देवी वस्ती, देवराज जोशी, मदन गुरागाईं, विभिषण खतिवडा र सुबोध खड्काले प्रश्न राखेका थिए ।

‘वडाको प्रशासनिक कामसँगै अन्तिम लेखा परीक्षण गराउने कामलाई उच्च प्राथमिकतामा राख्नुहोला । खर्च गर्ने अधिकारीले लेखा परीक्षकलाई समय नदिएका कारण बेरुजुको अंक धेरै जनिने अवस्था नआओस्,’ महानगरका वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले वडा सचिवलाई भने ।

त्यस क्रममा आन्तरिक लेखा परीक्षण एकाईका प्रमुख यादव घिमिरे, आन्तरिक लेखापरीक्षणका क्रममा औंल्याइएको अवस्था सुधारका लागि माग गरिएका कागजपत्र र प्रक्रिया सुधार हुने बताए ।

तीन चरणमा लेखा परीक्षण गर्दै महानगर

वित्तीय सुशासनका लागि महानगरपालिकाले पूर्वलेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गराउने गरेको छ ।

यो पनि पढ्नुहोस्

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

३ घण्टा अगाडि
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य नेपालमा दक्षिण एसियामै सबैभन्दा महँगो

३ घण्टा अगाडि

२०७१/७२ को नगरपरिषद् (तत्कालीन) को निर्णय अनुसार १ लाख ५० हजार रुपैयाँसम्मका भुक्तानीमा पूर्वलेखा परीक्षण गराउँदै आएको छ ।

आन्तरिक लेखा परीक्षणका लागि छुट्टै एकाइले काम गर्दै आएको छ । २०७३/७४ (वैशाख २०७४) देखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण हुँदै आएको छ । त्यसअघि अनुमति प्राप्त लेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुने गरेको थियो ।

के हो बेरुजु ?

महालेखा परीक्षकको कार्यालय अनुसार रुजु नभएको तथा हुन नसकेको आर्थिक कारोबार, रीतभाँत नमिलेको वा बेरीतबाट काम भएको, भिडान तथा मिलान नभएको वा हुन नसकेको खर्च बेरुजु हो ।

आर्थिक कारोबार जाँच गर्दा लेखा परीक्षकले दर्शाएको अनियमित रकम कलम, ऐन, नियम, कार्यविधि, प्रक्रिया, स्थापित मूल्य मान्यता र सिद्घान्तसँग तालमेल नहुने गरी वा त्यस विपरीत हुने गरी भएको कारोबार बेरुजु हो । बेरुजुलाई सैद्धान्तिक, नियमित गर्नुपर्ने लगायत प्रकारमा बाँडिएको छ ।

नीति, प्रणाली तथा व्यवस्थापन सुधारसँग सम्बन्धित सैद्धान्तिक बेरुजु हो । रकम कलम खुलाएको र असुल गर्नुपर्ने लगती बेरुजु हो । कम असुल गरिएका, कम दाखिला भएका, पाउनेभन्दा बढी भुक्तानी दिइएका हिनामिना वा हानि नोक्सानी भएका, तिराउनु भराउनुपर्ने रकम नियमित गर्नुपर्ने बेरुजु हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक