सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पुस्ता-अन्तर, नेताहरुको मनोवृत्ति र राजनीति   

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आफ्नै आदर्शको श्राद्ध गर्दै राजनीतिक दलहरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खडग पाण्डे

एक जना धनी वृद्द व्यक्ति उपचारकोलागि अस्पातलमा भर्ना भएका थिय। ती वृद्दले डाक्टरलाई भने- मेरो उपचारमा दुईजना नर्स राख्दिनुहोस। जती खर्च लाग्छ म तिर्न तयार छु, तर नर्सहरु यौवनले भरिपूर्ण र सुन्दर हुनुपर्दछ। ती वृद्दको कुरा सुनेर डाक्टरले भने- यो उमेरमा तपाईलाई यस्तो भन्न लाज लाग्दैन? उपचार गर्ने यौवन र सुन्दरताले हो? तपाईं त पातकी हुनुहुदो रहेछ। पिण्ड खाने उमेरमा सुन्दर र यौवनले भरिपूर्ण नर्स खोज्ने? डाक्टरको कुरा सुनेर ती वृद्दले भने- मेरा दुईजना छोराहरु छन। यदी मेरो उपचारमा सुन्दर नर्सहरु राखे भने कमसेकम छोराहरु नर्सहरुसंग गफगर्न भएपनी अस्पतालमा आउनेछन। मैले उनिहरुलाई देख्न पाउने छु। यो कुरा मैले कतै पढेको थिय। यो अहिलेको एउटा कारुणिक प्रतिनिधि उदाहरण हो।

म मेरै बाल्यपनमा जान्छु। जव म प्राथमिक विधालयमा पढ्दथे त्यो बेला गोरा वा खैरो कपाल भएका सबै अम्रिकाने हुन भन्ने लाग्दथ्यो। त्यस्तै कालावर्णका देख्यो भने हामीले अफ्रिकाने भन्ने गर्द्थ्यौ। हामीलाई शिकाईएको थियो- अमेरिकन गोरा हुन्छन र कालावर्णका जती सबै अफ्रिकन हुन। चाहे ती युरोपबाट आएका हुन, साउथ अफ्रिका, दक्षिण अमेरिका वा रसियाबाट आएका हुन। अर्को भ्रम थियो- अंग्रेजी बोल्नेहरु सबै विद्धान हुन भन्ने लाग्दथ्यो।

मान्छेले आफुले जे बुझेको छ वा जे कुरामा विश्वास गर्दछ उसको लागि त्यही सत्य हो। जस्तो अहिलेका स-साना नानीबाबुहरुलाई उनिहरुका स्कूलका मिसहरुले जे भन्दछन त्यो नै अन्तिम सत्य हुन्छ। तिनिहरुका आमा-बाबु वा दिदी-दाईहरु ती मिसहरुभन्दा बढी ज्ञान भएपनी तिनीहरुलाई पत्याउदैनन। किनकी बच्चाहरुलाई तिनीहरुलाई पढाउने मिसहरु विश्वका सबैभन्दा जानेका मानिसहरु हुन  भन्ने भ्रम हुने गर्दछ।

तपाईंको बानी-ब्यहोरा, व्यबहार वा स्वभाव किन मेरो जस्तो छैन? मेरो स्वभाव किन तपाईको जस्तो छैन? म किन आध्यात्मिक वा अलौकिक शक्तिमा विश्वास गर्दिन? तपाईं किन भौतिकवादी हुनु भएन? तपाईं किन मेरो भन्दा फरक राजनीतिक दर्शनमा विश्वास गर्नुहुन्छ? वा मैले किन तपाईंले विश्वास गरेको राजनीतिक दर्शनमा विश्वास गर्दिन? यी र यस्तै हजारौ प्रश्नहरुछन जसले म तपाई भन्दा भिन्न छु। तपाईं अरुभन्दा भिन्न हुनुहुन्छ। छोरा बाबु जस्तो छैन। छोरी आमा जस्तो छैन। सबैको आ-आफ्नो स्वभाव छ। आ-आफ्नै बुझाई छ र आफ्नै विश्वास छ। आखिर यस्तो किन हुन्छ? अझ पुस्ता-अन्तरलाई हेर्यो भने झन अन्तर देख्न सकिन्छ। व्यक्तिमा हुने भिन्नतालाई पुस्ताअन्तरले झन फराकिलो पारेको हुन्छ।

पुस्ता-अन्तर भन्नाले एक पुस्ताबाट अर्को पुस्तामा  विचार (opinion), मुल्य वा मान्यता (value), ब्यवहारमा (behavior)  र सामाजिक मापदण्डहरूमा (social norms) हुने भिन्नता हो।   कुनै पनि व्यक्तिको त्यो जस्तो हुनुमा जैविक कारण बाहेक त्यो ब्यक्ति जन्मे-हुर्केको परिवेस (environment), त्यो व्यक्तिले पाएको शिक्षा-पारिवारीक, सामाजिक वा औपचारिक, अनौपचारिक (education) र त्यो व्यक्तिको अनुभव (experiences) ले निर्धारणा गर्दछ। विज्ञान र प्रविधीमा भएको चमत्कारीक बिकास, विस्व भूमण्डलीकरण, स्थापित मूल्य, मान्यता, सामाजिक मापदण्ड, सास्कृतिक, शैक्षिक क्षेत्रमा भएको आमुल परिवर्तनले पुरानो पुस्तालाई थप चुनौती दिएकोछ। अर्को शब्दमा पुस्ताअन्तरण द्रुत्र गतिमा बढेको छ।पुरानो पुस्ताको सामाजिक र सास्कृतिक मान्यताहरु, विचार र विश्वासलाई विस्तापित गर्दै पुस्ता बिच द्द्न्दको जटिल स्थिती देखिन्छ।

विज्ञान र प्रविधिको बिकास संगै जीवनगतिलाई तिवृता दिएको छ। हिजो काठमाण्डौमा पृन्ट भएर हुलाक मार्फत १५-२० दिन पछि पाठकको हातसम्म पत्रीका पुग्दा पाईने सुचना र जानकारी आज सेकेण्ड भित्रै प्राप्त हुन्छ। अझै पनि पुरानो पुस्ता अनलाईन पढन रुचाउदैन। ब्याल्कुलेटरको प्रयोग भन्दा कपिमा हिसाव गरेको पक्का ठान्दछ। पुस्ता अन्तर हुनुमा पुरानो पुस्तामा स्थाईरुपमा रहेको त्यो पुस्ताको धारणा (perception) हो। कुनै पनि घटना, विचार वा सुचनालाई हामीले आफ्नै बुझाई अनुसार बुझ्दछौ र सोही बुझाई अनुसार अर्थ लगाउदछौ। कुनै व्यक्तिले चाहेर पनि आफुभित्र भएको धारणालाई परिवर्तनगर्न निकै कठिन छ। किनकी हामीले सिक्न (learning) र सिकाउन जानेका छौ। सिकेका वा बुझेका कुरा कुरा मेटाउन (unlearning) जानेका छैनौ वा सिकाईदैन। असिकाई (unlearning) को लागि गम्भिर स्वचेतना जरुरी गर्दछ। आलोचनात्मक चेतको उजागर हुनु पर्दछ।

पुस्ता-अन्तरको ज्वलन्त उदाहरण हो जेष्ठ उमेरका नेताहरु र उहाहरुको सोच। उहाहरुको पुस्ताले नेता, विद्धान, बिकास वा संवृद्दिलाई आफ्नै तरिकाले बुझेकोछ र धारणा बनाएको छ। उहाहरुको धारणा अनुसार नेता भनेको सर्वमान्य र सर्वज्ञानी हो। नेताले जे गर्दछ ठीक गर्दछ। ठीक र सहि बाहेक केही गर्दैन। नेतामाथि प्रश्न गर्न निषेध छ। उहाहरुले नेताको रुपमा हिजो राजालाई देख्नुभयो भोग्नु भयो।  हिजो अञ्चलाधिस देख्नुभयो, गाउँमा मुखिया र जिम्माल देख्नु भयो। मन्दिरको पूजारी वा मठाधिस देख्नु भयो। उहाहरुले जे देख्नु भयो र भोग्नुभयो सोही  अनुसार   धारणा हुनु स्वभाविक हो। गाउँ-बस्तिमा साहु-महाजन देख्नु भयो। धन संम्पतिको रवाफ र हैकम देख्नु भयो वा भोग्नु भयो। यसरी बिकास भएको धारणाले जसरी हुन्छ धन आर्जन गर्नु पर्दछ भन्ने धारणाले प्रेणित हुनु भयो। निम्न वा निम्न मध्यम वर्गिय परिवारमा जन्मी हुर्केकाहरुमा सायद आफु आर्थिकरुपले गरिव भएकोमा हिनता थियो होला। त्यो हिनता आफु सत्ता र शक्तिमा पुग्दा अर्थोपार्जनमा चित्त लाग्यो कि? जो पहिले पनि उच्च घरानाका थिए, तिनिहरुले आफ्नो उच्चता कायम राख्न वा थप उच्चता प्राप्त गर्न अर्थोपार्जनमा प्रेणित गरेको हुनु पर्दछ।  पूँजीवादी उपभोक्तावादले समाजवादलाई लपेट्यौ। आज जे हुँदैछ त्यो उहाहरुको पुरानो धारणा र अवसरको फ्युजनको परीणाम हो।

उमेरले मात्र पुस्ता-अन्तर नापिनु हुँदैन। मान्छे युवा उमेरमा हुँदा पनि पुरानो पुस्तालाई पछ्याउनेहरु पनि देख्न सकिन्छ। त्यसरिनै उमेरले पाको पुस्ता सोचले युवा हुन सक्दछ। तर त्यो अपबादमा हुने गर्दछ।  राजनीतिमा भक्तिले शक्ति आर्जन हुने प्रचलनले यूवा पनि पुरानो पुस्तासंग सिगौरी खेल्न चाहदैन। भक्तिभावमा प्रश्न हुँदैन। आफु स्वयं नेताको पूस्तामा विलिन हुने गर्दछन।

जैविक कारणले उमेरसंगै शारीरिक कृयाशिलता र मानसिक सृजनशिलतामा क्रमिक ह्रास हुने गर्दछ। यो बैज्ञानीक तथ्य हो। त्यसो भएरनै सुरक्षाकर्मी, कर्मचारी र अन्य जागिर र पेशामा उमेरहद तोकिएको हुन्छ। तर विड्म्वना राजनीतिमा यो लागु हुँदैन। यो जैविक र बैज्ञानीक वास्तविकताको उल्टो पथमा हिड्दछ। यस्तो किन हुन्छ भने राजनीति जेष्ट नागरिक पूस्ताको नियन्त्रणमा छ।

जेष्ट नागरिक पुस्ताको विचार, मुल्य-मान्यता, सामाजिक मापडण्ड र व्यबहार भिन्न थिए। अहिले त्यो बदलिएकोछ। तर राजनीतिमा पुरानो पुस्ताको हाली-मुहालिले पुरानै पुस्तालेनै  निरन्तरताले पाएको छ। संवृद्दि भनेको ठूला र अग्ला भवन, टावर, स्वागत-द्दार, मन्दिर, मुर्ती र सालीकहरुमा केन्द्रित भएकोछ। आफुलाई मार्क्सको उत्तराधिकारि ठान्ने भौतिकवादी नेताहरुले मठ-मन्दिर, पूजा – होम, भजन-कृतनमा राज्य-स्रोतको दुरुपयोग गर्नुहुन्छ। पुर्व-जन्मको फल र अर्को जुनिको आशामा जनता भुलिरहोस र  जनताहरुले आफुप्रती औंला नठडावस भन्ने यो चलाखिपूर्ण धुर्त्याइ हो।

हिजो पंन्चायती शासन विरुद्द कृयाशिल हुनेहरु मध्य अग्रपङ्तिमा  युवा, विद्यार्थी र शिक्षकहरु हुन्थे। हिजो  रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध “गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ” भन्ने गीत होस वा जनवादी गायक जेबी टुहुरेले गाएको “आमा, दिदी, बहिनी हो’ मा बिद्रोहको स्वर मिलाउने युवाहरु आज किन हराउदै गए? आज “म त ढलेँ ढलेँ” वा  ‘अरेली काँडैले’ जस्ता गीतहरुले किन बजार लिएको छ? उत्तर प्रष्ट छ – अहिलेका पुरानो पुस्ताका नेताहरुमा विश्वास गुम्नु। कसैले केही गर्दैन। यो देशमा केही हुँदैन। सबै उस्तै हुन। सत्ता र शक्तिकोलागि अभिनय गर्दछन, आदि ईत्यादि।

भारतीय गायक  सोनु निगमको कन्सर्टमा पैसा तिरेर युवाहरुको किन भिड लाग्दछ? तर महंगी र भष्ट्राचार बिरोधी आन्दोलनमा किन युवाले चासो देखाउदैन्न? किनकी राजनीति दर्शन र नितिले होईन पुरानो पुस्ताको नेताहरुले नियन्त्रणमा राखेका छन। बेथिती, भष्ट्राचार र अपराधकर्म सत्तापक्षमा हुनै पर्ने स्थिती छ। सत्ताको काम सुशासन र संवृद्दिको लागि होईन आफ्ना मान्छे चोख्याउन र जोगाउन काममा कृयाशिल छ।

जे जती बिसंगती र विकृति हुँदाहुँदै पनि यो देश हाम्रो हो। हामी नेपालीलेनै बनाउने हो।   गाली गरेर, सत्तो-सराप गरेर, नकरात्मक भएर मात्रै सुधार हुँदैन। एकै प्रकारले उही काम दोहोराएर फरक नतिजा आउँदैन। अत: राजनीतिमा पुस्ता-हस्तान्तरण, मुल्य र मान्यताको राजनीतिकोलागि शक्तिभक्ति, भस्ट्राचार र बेथिती विरुद्द एकताबद्द भै आ-आफ्नो ठाउँ र क्षेत्रबाट आवाज निकालौ, खवरदारी गरौ र सहभागि होऔं। यो नै आजको आवश्यकता हो।

 

यो पनि पढ्नुहोस्

अमेरिकी  सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे

३ मिनेट अगाडि
आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक