काभ्रे । नमोबुद्ध नगरपालिका-४ कार्की टोल बस्ने ७० वर्षीय मान बहादुर तामाङको गोठमा बुधबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका विभिन्न सरसामानहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।