काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको फिब्व ख्याे (माइतिघर) मा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।
सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईं सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आएका थिए । काठमाडौंमा उनी उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उनी बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।