आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रवि लामिछानेसहित सात जनाविरुद्ध थुनछोड बहस जारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्धको आज तेस्रो दिनको  थुनछोड बहस जारी रहेकोछ ।

कास्की जिल्ला अदालतमा पुस १६ गतेदेखि सुरु भएको बहसमा मंगलबार र बुधबार सरकारी वकिलहरूको तर्फबाट बहस भएको थियो । सरकारी वकिलहरूले मुलुकी फौजदारी संहिताको आधारमा प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग गरेका थिए ।

सरकारी वकिलतर्फका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल, कमला काफ्ले र शान्तिदेवी शर्माले सहकारीमार्फत बचतकर्ताहरूको रकम ठगी गरी ठूलो आर्थिक क्षति पुर्‍याएको भन्दै प्रतिवादीलाई कारागारमा राख्नुपर्ने माग गरेका थिए ।

सरकारी वकिलहरूको तर्क सकिएसँगै आजदेखि जाहेरीवालाको तर्फबाट बहस सुरु भएको छ। यसपछि प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन्। प्रतिवादीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले छविलाल जोशीका वकिलहरूले पहिलो बहस गर्ने र त्यसपछि अन्य प्रतिवादीका वकिलहरूले बहस गर्ने उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता घिमिरे, सुशीलकुमार पन्त, डा नारायणदत्त कँडेल, र सोविता गौतमलगायतका वकिलहरूले प्रतिवादीतर्फबाट बहस गर्ने तयारी गरेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ७ जनाविरुद्ध थुनछेक बहस चलिरहेको हो । सहकारीका सञ्चालक तथा कर्मचारीहरूले बचतकर्ताको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको थियो । लामिछानेसँगै पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन् ।

यो पनि पढ्नुहोस्

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

२३ मिनेट अगाडि
“जिते पनि सेवा, हारे पनि सेवा” सन्देशसहित चुनावी मैदानमा फुयाँल

“जिते पनि सेवा, हारे पनि सेवा” सन्देशसहित चुनावी मैदानमा फुयाँल

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक