आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

रविका रिसले सबै नेताहरु जाकिने बाटो खुल्यो !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि दायर गरेको छ । सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको मुद्दामा उक्त रकम गैरकानुनी तवरले आर्जन गरेको खुलाइएको हो । उनलाई २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लागेको छ । तर, रविले भने एउटै रकम आफ्नो र श्रीमतीको खातामा पटकपटक सार्दा त्यति धेरै देखिएको स्पष्टीकरण दिएका छन् ।

तर, रविमाथिको सम्पत्ति शुद्धीकरणको मुद्दाले नेता तथा कर्मचारीको पनि सम्पत्तिको जाँचबुझ हुनुपर्छ भन्ने लामो समयदेखिको मागलाई पुनः जगाएको छ । त्यति मात्र नभई रविमाथिको प्रतिशोधका कारण सकेसम्म धेरै मुद्दा लगाउने नेताहरुको उद्देश्यले अन्ततः उनीहरुलाई पनि कानुनी कठघरामा ल्याउने सम्भावना बढाएको छ । हालै एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाएका छन् । लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको उल्लख गर्दै अध्यक्ष लिङ्देनले यो हतियारले ठूला दलका कुनै नेता नजोगिने ठोकुवा पनि गरे । उनकै शब्दमा ‘अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’

वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई झनै संरक्षण गरेको दाबी गर्दै लिङदेनले नेपालका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसको सुरुवात राप्रपाबाट गर्न आग्रह गरेका थिए । उनले भनेजस्तै केही वर्षको राजनीतिक अभ्यासपछि हवाई चप्पलमा काठमाडौं छिरेकाहरुको करोडौंमा आलिसान घर र लाखौं करोडौका गाडी छन् । बैंक वित्तीय संस्थादेखि ऊर्जा व्यापारमा उनीहरुकै लगानी छन् । नेताका सन्तान स्वदेशमा अध्ययन गर्ने विरलै भेटिन्छन् । उनीहरुका सम्पत्तिको स्रोत खोज्ने हो भने पारिश्रमिक मात्रै हो । यही स्रोतबाट नेपालका अधिकांश नेताहरुको विलासिताले भरिएको जीवनशैली सम्भव छ त ? कदापि सम्भव छैन ।

नेपालका सबै नेताको सम्पत्ति शुद्धीकरण भएमा देशको आर्थिक, सामाजिक र राजनीतिक परिदृश्यमा धेरै ठूलो परिवर्तन हुन सक्छ । नेताहरूको सम्पत्ति शुद्धीकरणले भ्रष्टाचारको जरो हटाउन मद्दत गर्नेछ । गैरकानुनी रूपमा आर्जित सम्पत्ति फिर्ता गराइने भएकाले भ्रष्टाचारी हतोत्साहित हुनेछन् । यसले प्रशासनमा पारदर्शिता बढाउँछ र जनतामा सरकारप्रति विश्वास पुनःस्थापित गर्न मद्दत गर्छ ।

सम्पत्ति शुद्धीकरण प्रक्रियाले गैरकानुनी ढंगले सञ्चित धनलाई राष्ट्रिय कोषमा स्थानान्तरण गर्न सकिन्छ । यो रकम विकास परियोजनाहरू, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा लगानी गर्न प्रयोग भए निक्कै ठूलो उपलब्धि हासिल गर्न सकिन्छ । यदि सम्पत्ति शुद्धीकरण प्रक्रिया पारदर्शी, निष्पक्ष र कानूनी प्रमाणहरूमा आधारित भयो भने ठूला संख्यामा गैरकानुनी सम्पत्ति राख्ने नेताहरू दोषी ठहरिन सक्छन् । नेपालमा भ्रष्टाचार र गैरकानुनी सम्पत्ति सञ्चयको समस्या व्यापक रूपमा रहेको छ । त्यसलाई निर्मूल पार्न पनि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान अघि बढाउन सरकारले नै तदारुकता देखाउन जरुरी छ । यसका लागि नागरिक समाजले सरकारमाथि दबाब बढाउन आवश्यक छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

२३ मिनेट अगाडि
मतदाता शिक्षा कार्यक्रम सुरु

मतदाता शिक्षा कार्यक्रम सुरु

२५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक