काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच बिहीबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिनिधिसभाका सदस्य एवं उद्योगपति विनोद चौधरीसमेत उक्त भेटवार्तामा सहभागी थिए । विक्रमासिङ्घे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् ।
यहीँ पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आज स्वदेश फर्कँदै छन्।