काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले गर्न लागेको विशेष भेला स्थगत भएको छ ।
तरुण दलले २२ र २३ पुसमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला आयोजना गरेको थियो ।
तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलले विज्ञप्ति निकालेर विशेष कारणले भेला स्थगित गरेको जानकारी गराएका छन् ।
भेलाका लागि प्रमुख अतिथिमा सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको थियो । विद्धान गुरुङको नेतृत्वमा तरुण दलको तदर्थ समिति क्रियाशील रहेकाे छ ।