काठमाडौं । झापा, कमल गाउँपालिका-५ पाथिभारा टोल बस्ने बिनोद खरेलको लक्ष्मी पशु तथा कृषि गाई फर्ममा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-७ मियावारी बस्ने ललित बहादुर अधिकारीको मिल घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा मिल घरसँगै रहेको ग्वाली घर समेत जलेर करिब २५ लाख बराबरको धनमाल नष्ट भएको छ । म्याग्दी, मालिका गाउँपालिका-४ महभिर बस्ने ६५ वर्षीय भिम बहादुर गुरूङको कच्ची घरमा सोमबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।