सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन टीकापुर

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन टीकापुर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति उपन्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ एक समारोहका बीच टीकापुरमा लोकार्पण गरिएको छ ।

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न , उत्पीडित समुदायका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकापर्ण नेपाली दम्पतीले नै गरे । गगन फाउण्डेशनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेको समस्या, पीडा, दैनिक जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।

लोकार्पण कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरु भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे । ‘जित्नेहरुको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत् आख्यानकार थापाले एक विपन्न परिवार, उसको संघर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानबारे यथार्थ उजागर गरेका छ्न्’ उपाध्यायले भने ‘आमनागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनु पर्ने धारणा उपन्यासमा देखिन्छ ।’ चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ ।

गगन फाउण्डेशनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्रलाई नै प्रमुख अतिथि बनाएर लोकापर्ण गर्न पाउँदा निकै खुसी लागेको बताउँदै उक्त उपन्यासको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्यूँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना उपन्यासकारले गरेका छन्‌,’ थापाले भने ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्नेछौं ।’ गगन फाउण्डेशनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकापर्ण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल तथा कालुप्रसाद काफ्‌लेले उपन्यासबारे बोलेका थिए ।

कार्यक्रममा दैलेखका दिलिप आचार्यले पुस्तक बिक्रीबाट संकलन गरेको १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो ।

टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपालीले बजार क्षेत्रमा मागेर जिविकोपार्जन गर्दै आइरहेका छन् । आख्यानकार स्वर्गीय थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् ।

यो पनि पढ्नुहोस्

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

३ घण्टा अगाडि
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य नेपालमा दक्षिण एसियामै सबैभन्दा महँगो

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक