मोरङ । सुनवर्षी नगरपालिका-४ सुरत टोल बस्ने चन्द्र साहको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर र घर नजिकै रहेको भान्साकोठा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।