काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
बुधबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।