आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

माओ जयन्तिको सान्दर्भिकता र  कम्युनिष्ट अन्दोलनमा यसको महत्व

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी

बिश्व मानब समाजको इतिहासमा बीसौ शताब्दीको एउटा अबिस्मणीय, महान तथा युगान्तकारी परिघटना अक्टोबर समाजवादी क्रान्ति हो । लेनिनको नेतृत्वमा १९१७ मा सम्पन्न यस अपूर्ब क्रान्तिले विश्वमा पहिलो पटक स्थापित गरेको समाजवादी सोभियत संघकै शिक्षा ग्रहण गरेर चीनमा कमरेड माओको नेतृत्वमा नयाँ जनबादी क्रन्ति सम्पन्न भएको हो । यो पनि अक्टोबर समाजबादी क्रान्तिपछिको बीसैं शताब्दीको अर्को उत्तिकै अबिस्मरणीय घटना हो । तर त्यसयता ७० बर्षसम्म चलेर १९९० मा सोभियत संघ ढल्यो । त्यस पछिको तीन दशकभन्दा बढी यताको समय मूलतः प्रतिप्रवाहको काल खण्डको रुपबाटै गुज्रिदै आएको छ । अनि त्यसयता बिश्वमा अत्यन्तै ठल्ठूला खुल्दुली पैदा गर्ने खालका दूरगामी प्रकृतिका प्रतिक्रान्तिकारी घटनाहरु घटेका छन् । अनि निकै उथलपुथलकारी प्रतिगामी परिवर्तनहरु पनि भएका छन् । सोभियत संघमा समाजवादलाई अन्तिमरुपमा नष्ट गरिनु, सोभियत संघ छिन्नभिन्न हुनु र पूर्वी यूरोपमा कम्युनिष्ट नेतृत्वका शासनसत्ताहरुको पत्तन तथा ती सबै देशहरुमा पूँजीवाद पुनर्वहाली हुनु र यसरी मानव समाज ‘शोषणबिहीन समाजबाट पुनः शोषणयुक्त समाज’मा पछि फर्कनु जस्ता असमान्य घटनाक्रमहरु बैज्ञानिक समाजवादी विश्व शक्तिका निम्ति अत्यन्तै गम्भीर प्रकृतिका प्रतिगामी धक्का हुन् । अद्यापि ती धक्काहरुको गम्भीर असर बिश्वब्यापीरुपमा रहिरहेको छ । प्रतिप्रबाहका यस्ता प्रतिक्रान्तिकारी घटना बिकासबाट विश्वस्तरमा गहिरो राजनीतिक, आर्थिक तथा सामाजिक प्रभाव परेको छ र प्रायःएक पछि अर्को प्रत्युत्पादक परिवर्तनहरु पनि हुदै आइरहेका छन् ।

यस्ता प्रकारका प्रतिप्रवाहका प्रतिगामी घटनाहरु घटेपछि समाजलाई बैज्ञानिक दृष्टिकोणले हेर्ने र ब्याख्या गर्ने दर्शन, बिचार र सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओबिचारधाराका बिरुद्ध समेत एउटा नयाँ र तीब्र हमला पनि देखा परेको थियो र त्यो क्रम एक वा अर्को रुपमा अहिले पनि जारी नै रहेको छ । ती घटनावाट खुसीले उत्ताउलिएका अमेरिकाको नेतृत्वमा रहेका बिश्व साम्राज्यवादी शक्तिहरुले मार्क्सवाद तथा कम्युनिज्मका बिरुद्ध जोडदार र योजनाबद्ध प्रचार हमला शुरु गरिदिएका थिए र आज पनि गरिरहेकाछन् ।सामाजिक प्रजातन्त्रबादी शक्तिहरु र स्वयम कम्युनिष्ट आन्दोलन भित्र रहेका आत्मसमर्पणबादीहरुद्वारा खुलमखुल्ला रुपमा तिण्ण्नीहरुको मद्दत गरिदै आएको थियो । त्यो क्रम पनि अद्यापि जारी नै छ । मार्क्सवाद तथा बैज्ञानिक समाजवादको निन्दा गर्ने ती शक्तिहरुको हौसला त्यसताका यत्तिका धेरै बढिसकेको थियो कि उनीहरुले पूँजीवादलाई नै ‘‘मानवीय सामाजिक बिकासको चरम उत्कर्ष र शाश्वत तथा अपरिवर्तनीय सत्य’’ बताउन पनि चुकेका थिएनन् र अहिले पनि त्यसो भन्न छाडेका छैनन् । सोभियत संघमा प्रतिगामी घटनाकासाथै पूर्वी यूरोपका कम्युनिष्ट पार्टीहरुको सत्ता समाप्त भएर त्यहाँ पूजीवादको भूत जागेपछि फुकुयामा जस्ता पूँजीबादी बुद्धिजीवीहरुले त इतिहासकै अन्त्य भएको ठोकुवा समेत गरेका थिए ।

हुन त पहिलादेखि नै पनि पुरातनपन्थी प्रतिकृयावादी शक्तिहरुले मार्क्सवादी–लेनिनवादी सिद्धान्त र त्यसका पक्षधरहरुलाई खुल्लारुपमै तारो बनाउँदै आएकै हुन् । त्यस क्रममा बीसौं शताब्दीमा मानवीय उच्च सभ्यताका लागि भौतिक तथा बौद्धिक बिकासमा समाजवादले खेलेको अपूर्ब र अतुलनीय योगदानलाई पूर्णरुपले मेटाउने कोशिश पनि तिनले गर्दै आएका हुन् । बीसौ शताब्दीको अन्तिम दशकका माथि उल्लिखित पछिल्ला प्रतिप्रबाहका ठूला प्रतिगामी घटनाहरुले भने उनीहरुको मनोवल अझ बढी बढ्न गएको मात्र हो । नयाँ कुरा भने निश्चय नै होइन । विश्वको बैज्ञानिक समाजबादी आन्दोनलमा विकसित भएको स्थितिको यस्ता जटीलताहरुले जुन जुन बिषयहरुमा प्रश्न उठाइएको थियो र अहिले पनि उठाइरहेका छन् तिनको सम्वन्ध मानवीय सभ्यताको कम्तिमा पनि एक शताब्दीभन्दा केही बढीको इतिहाससँग अभिन्न रुपले गासिएको छ । त्यसैले यसको सही उत्तर खोज्नका लागि घटना बिकासको ब्यापक, समग्र तथा गहिरो अध्ययनको आवश्यकता छ र हुन्छ । प्रारम्भिक चरणमा बिकसित भएका माथि उल्लिखित पछिल्ला घटनाहरुको समग्र प्रकृतिलाई हेर्दै र केलाउँदै यस सम्वन्धमा केही प्राथमिक निष्कर्शहरु निकाल्न सकिन्छ । त्यसो गर्नु नै बढी बस्तुगत र विश्वसनीय कुरा हुन्छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले शुरुदेखि नै बिभिन्न भड्काउको सामना र भीषण संघर्ष गर्दै विकसितहुनु परेको लामो इतिहास छ । संशोधनबाद तथा कठमुल्लाबाद (जसलाई जडसूत्रबाद पनि भनिन्छ) का बिरुद्ध मार्वाद काआधारभूत बैज्ञानिक सिद्धान्तले हमेशा संघर्ष गर्दै आउनु परेको छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय यथार्थ बस्तुगत परिस्थितिका आधारमा यसरी नै यसको रक्षा र बिकास हुँदै आएको छ । यो दुइलाइनको संघर्षको यथार्थलाई मार्क्स–एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले बेहोर्नु परेको थियो । तर पछिल्लो बीसौ शताब्दीको अन्तिम दशकको जस्तो र जुन घोर प्रतिक्रान्तिकारी घटना विश्वस्तरमा नै घट्यो त्यसले गर्दा आज यो सैद्धान्तिक संघर्ष पहिले कहिल्यै भन्दा अझ बढी जटील, तीब्र र अझ भीषण हुन गएको छ ।यसलाई हल्काफुकारुपमा लिइनु हुँदैन ।आधुनिक संशोधनबाद जसको वकालत स्टालिनपछि सोभियत संघमा सत्तामा आएका सोभियत कम्युनिष्ट पार्टीका नेता निकिता खु्रश्चेभले गरेको थियो त्यसका बिरुद्ध र कतिपय कम्युनिष्ट पार्टी भित्र हुर्केको बामपन्थी दुस्साहसबादका बिरुद्ध ती पार्टी भित्र र बाहिर पनि विश्वका धेरै कम्युनिष्ट नेता तथा कम्युनिष्ट पार्टीहरुले सैद्धान्तिक तथा बिचारधारात्मक संघर्ष चलाउँदै आएकाहुन् र चलाइनु पर्दछ नै ।

यस सन्दर्भमा आज खाशगरी अक्टोबर क्रान्तिको ७०औ बार्षिकोत्सबदेखि सोभियत संघको कम्युनिष्ट पार्टीद्वारा पेश गरिएका बिभिन्न बिचारधारात्मक निर्णयहरुप्रति विश्वका धेरै कम्युनिष्ट पार्टीहरुले शुरुदेखि नै निकै ठूलो सन्देह र गम्भीर अविश्वास प्रकट गरेकाथिए र ती निष्कर्शहरुवाट आफुलाई अलग्गै राख्दै र बिरोध समेत गर्दै आएका थिए त्यो कुरा सही थियो र छ भन्ने निष्कर्श निस्कन्छ । तथापित्यो प्रतिप्रवाहको असरले धेरै देशका कम्युनिष्ट पार्टीहरु र कम्युनिष्ट नेताहरु त्यसमा बगे र गलत बाटो पनि लिए र अद्यापि लिइरहेका छन् । यस्तो अवस्थामा बिभिन्न देशका बिभिन्न कम्युनिष्ट पार्टीहरुले अहिले पनि एक वाअर्कोरुपमा मार्क्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई नै त्यागिदिएका र त्यसबाट बिमुख हुदै गएकाछन् । यतिबेला विकसितभएका यी सबै घटनाहरुले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई अस्तब्यस्तताको स्थितिमा धकेलिदिएको परिदृष्य नै देखिन्छ । यस स्थितिमा आजको विश्वको बस्तुगत अवस्थाको अझगहिरो अध्ययन, खोज, अनुसन्धानतथायथार्थ ज्ञानको प्रयत्नगरिनु र सहीनिष्कर्श निकाल्नु अत्याबश्यक छ । यी घटनाहरुको बिकासले आजसम्मको मानब सभ्यताको सामाजिक बिकासले अहिलेसम्म जे जति अनुभवहरु प्राप्त गरेको छ, तिनबाट सहीशिक्षा लिन, ती समझदारीलाई अझ गहिरो बनाउन र तिनमा प्रतिबद्ध हुनु आवश्यक छ भन्ने यथार्थ नै प्रष्टसँग औल्याउँदछन् । केवल यही तरीकाबाट नै बिश्वका श्रमबजीबी मजदुर बर्ग तथा शोषित पीडित आम जन समुदायलाई सामन्तबाद बिरोधीतथा साम्राज्यवाद बिरोधी पूजीवादी जनवादी क्रान्ति जसलाई हामीले नेपालमा ‘नयाँजनबादी क्रान्ति’को संज्ञा दिएका छौं, त्यस क्रान्तिकालागि र त्यसबाट अघि बढेर भावी बैज्ञानिक समाजवादी ब्यवस्था स्थापनाका लागि बर्गीय शोषण तथा सबै किसिमका सामाजिक उत्पीडन(लैंगिक, जातीय, साँस्कृकित)बाट मुक्तिका लागि आफ्नो संघर्षलाई अगाडि बढाउन सकिनेछ । अरु कुनै बनीबनाऊ बाटो हाम्रा अगाडि आज उपस्थित छैन । बीसौ शताब्दीमा आएका क्रान्तिकारी परिवर्तनहरुको, र समकालीन विश्वमा बैज्ञानिक समाजवादी बिचार तथा आचारको जुन गहिरो छाप बिश्व समाजमा परेको छ त्यसको, सम्पूर्ण बिजय र पराजयहरुको, अग्रगतिहरु र धक्काहरुको समुचित रुपले आकलन, बिश्लेषण तथा सश्लेषण गरिनु पर्दछ र एउटा सही निष्कर्शमा पुग्नु पर्दछ । यही नै क्रान्तिकारी कम्युनिष्टहरू अघि बढ्ने आजको सही र मूल बाटो हो ।यतिबेला कमरेड माओले आफ्नो जीवनको उत्तरार्द्धको अन्तिमतिर ‘मार्क्सबादको प्रयोग गर, संशोधनबादको होइन, खुला खुलस्त होऊ, जालझेल षडयन्त्र नगर,एकजुट होऊ, नफुट’भन्ने जुनदिशानिर्देश गरेका छन् त्यसलाई सही परिप्रेक्षमा आत्मसातगर्नु पर्दछ । तर यो कुनै अवसरबादी साँठगाँठ र गठन्धन होइन, सैध्दान्तिक, राजनीतिक र ब्यबहारिक तथा रचनात्मक एकताको कुरा हो । यसरी समग्रमा यसले सिध्दान्तनिष्ठ बैचारिक र रचनात्मक एकताको नै माग गर्दछ । यसो गर्न सकेमा नै बास्तवमा कम्युनिष्टहरूले माओ जयन्ति मनाएको सार्थकता पनि हुन्छ ।

 

यो पनि पढ्नुहोस्

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

१४ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

मोटरसाइकल चोरीमा संलग्नलाई नियन्त्रणमा

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक