काठमाडाैं । शेयरबजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार मापक परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।
बिहीबार नेप्से ४.१९ अंकले बढेर २६३०.११ को बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका मध्ये १६३ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ भने ७० कम्पनीका लगानी कर्ताले कमाएका छन् । ९ कम्पनीको मूल्य भने यथावत रह्यो ।
साथै आत्मनिर्भर लघिुवित्त र सर्पोट माइक्रो फाइनान्स वित्ततीय संस्थाको शेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । यस दिन ५ अर्ब ३२ करोड रुपैयाँ बराबरको भएको छ ।