सोम, चैत्र ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

ओलीका कारण दुर्घटना निम्तिन सक्ने कांग्रेसको खबरदारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एमाले र कांग्रेसको गठबन्धनमा रहेको सरकारको कामकारबाही आलोचना दिनप्रतिदिन बढिरहेको छ । खासगरी सरकारका मन्त्रीहरुको कार्य सन्तोषजनक हुन नसकेको गुनासो छ । जसका कारण सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना बढिरहेको हो । यसविपरीत विपक्षी दलहरुलाई दबाउन खोज्ने, विपक्षी नेताहरुलाई प्रतिशोधपूर्ण रुपमा कारबाही अघि बढाउन खोजेको भन्दै पनि ओली सरकार अहिले आलोचनाको घेराबन्दीमा छ । रास्वपा सभापति रवि लामिछानेविरुद्धको सरकारको गतिविधि प्रतिशोधपूर्ण रहेको भन्दै विरोध भइरहेको हो । तर ओलीले भने पार्टीभित्र र बाहिर पनि आफ्नो विपक्षमा रहेका नेताहरुलाई सिद्ध्याउने प्रयास गरिरहेको आरोप पनि लागेको छ ।

एमाले पार्टीमै भाटभटेनी सुपरमार्केटका व्यापारी मीनबहादुर गुरुङबाट पार्टी कार्यालयका लागि जग्गा लिने र भवन पनि उनै व्यापारीले बनाइदिने विषयमा ठूलो आलोचना भएको थियो । तर, जुनजुन नेताहरुले अध्यक्षमाथि चोरीऔंला उठाए, उनीहरुलाई स्पष्टीकरणको कारबाहीको डण्डा चलाइएको थियो । लुम्बिनीका एक प्रदेश सांसदलाई त एमालेले साधारण सदस्यबाट पनि निलम्बन गरेको थियो । त्यसकारण पनि ओली निषेधको राजनीतिबाट अघि बढ्न खोजेको भन्दै आलोचना भइरहेको हो ।

यही विषयमा कांग्रेसका एक नेताले सरकारलाई खबरदारी गरेका छन् । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केपी ओली नेतृत्वको गठबन्धन सरकारले निषेधको राजनीति गरे देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले निषेधको राजनीतितर्फ अगाडि नबढ्न सरकारलाई चेतावनी दिएका हुन् । कांग्रेस एमाले निषेधको राजनीति गर्ने बाटोमा अगाडि दुर्घटना निम्तिने उनको भनाइ थियो । उनकै भनेका छन्, ‘संविधान जारीपछिको ९ वर्षको अभ्यासले संविधान संशोधन गर्नुपर्ने अवस्था देखिएकाले कांग्रेस र एमाले एक ठाउँमा उभिएको हो । कसैको पनि बहुमत नआउने अवस्थाको अन्त्य गर्न दुई दल एक ठाउँमा आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । कांग्रेसको चुनाव चिन्हमा एमालेको उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा गठबन्धन बनाउनुपर्छ भनेको होइन । जनतामा निराशा कायमै राखेर सरकार बसिराख्यो भने जे जोगाउने भनेको हो त्यो जोगाउन नसकौँला ।’

रिजालले भनेजस्तै अहिले गठबन्धन सरकारले दुई दलीय व्यवस्थाको पक्षपोषण गर्न थालेको छ । आफ्नै निर्णयविरुद्ध पालिकाको उपनिर्वाचनमा विभिन्न ठाउँमा कांग्रेस एमालेले गठबन्धन गरेका थिए । यी सबै गठबन्धन सरकारको निषेधको राजनीति वा दुई दलीय व्यवस्थाको अभ्यास थियो । निषेधको राजनीति भनेको अर्को दल वा नेतालाई अघि बढ्न नदिनु पनि हो । कांग्रेस एमालेले सोही नीतिअनुसार संविधान संशोधनको पनि प्रयास गरिरहेको छ । अर्कोतर्फ ओलीले आफ्नै पार्टीमा आफ्नो विरुद्धमा उभिने नेतालाई अघि बढ्नै नदिने नीति लिएका छन् । उनले स्पष्ट रुपमा आफू रहुन्जेल अन्य विकल्प नखोज्न पनि पार्टीमा सन्देश दिएका छन् । यसकारण पनि ओलीले निषेधको राजनीतिक गर्न खोजेको भन्दै आलोचना बढेको छ । शक्तिमा भएकाले अहिले ओली माथि जस्तो देखिए पनि यस्तो राजनीति अघि बढ्दै गएमा ओली, एमाले र सरकारले यसबाट ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

शिक्षामन्त्री सस्मित पोखरेलकाे सम्पत्ति विवरण सार्वजनिक

३ घण्टा अगाडि
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलको मूल्य नेपालमा दक्षिण एसियामै सबैभन्दा महँगो

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए सेभेन सार्वजनिक

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने

राष्ट्रिय क्रिकेटर करण केसी कारबाहीमा

विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे चेतावनी

राप्रपाको असन्तुष्ट पक्षले थाल्याे पुन: छलफल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक