बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष-२०२५’को शुभारम्भ

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 mins read
0
क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष-२०२५’को शुभारम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भ्याटिकन सिटी । पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बेसिलिकाको ‘पवित्र ढोका’ खोल्दै क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष-२०२५’को शुभारम्भ गर्नुभएको छ ।

पाप, ऋण र विश्वव्यापी क्षमाको विशेष वर्ष मानिने ‘जुबली वर्ष’ मा दास र कैदीहरुलाई मुक्त गरिनुका साथै ऋण माफी गर्ने क्रिस्चियन समुदाय वा मुलुकहरुमा प्रचलन छ । उनीहरुले यो वर्षलाई परमेश्वरको कृपा हुने विशेष वर्षको रुपमा विश्वास गर्छन् ।

हालै रुघाखोकीबाट पीडित ८८ वर्षीय पोपलाई ह्वीलचेयरमा राखी काँसको विशाल ढोकासम्म पुर्‍याइएपछि उहाँले ढोका ढक्ढक्याउनुभएको र ढोका खुलेको थियो । ढोका खोल्नुलाई पाप वा ऋणबाट मोक्ष पाउने कुरासँग जोडेर पनि हेर्ने गरिन्छ । सेन्ट पिटर्स स्क्वायरको बाहिर क्षेत्रमा हजारौँ विश्वासीहरुले ‘स्क्रिन’मा हेरेको समारोहमा अर्जेन्टिनी धर्मगुरु ढोकाबाट छिर्नुभयो र जुलुसमा सहभागी हुनुभयो त्यसपछि भ्याटिकन बेसिलिकाको घण्टी बज्यो ।

अर्को १२ महिना क्याथोलिक तीर्थयात्रीहरु इँटाको गेट (ढोका) हुँदै आवतजावत गर्नेछन् । परम्परागतरुपमा काँसबाट बनेको ढोकाबाट छिर्नु वा छिर्न पाउनुलाई धार्मिकरुपमा विशेष लाभान्वित हुने विशेष अवसर (उनीहरुको पापबाट क्षमा) पाउने अवसरका रुपमा हेरिन्छ । पवित्र प्रदर्शनपछि पोप फ्रान्सिसले सेन्ट पिटर्समा ‘क्रिसमस इभ’ सभाको अध्यक्षता गर्नुभएको छ ।

सभामा उहाँले विश्वमा वर्षभरि भएका युद्धलाई सम्झँदै भन्नुभयो,“हामी युद्धमा मेशिनगनका आवाज र विस्फोटले त्रस्त समाजका साथै विद्यालय र अस्पतालहरूमा भएको आक्रमणप्रति दुःखी छौँ ।” गाजामा इजरायलले गरेको आक्रमणको ‘क्रूरता’को निन्दा गरेका पोपप्रति इजरायली समुदायबाट आक्रोशित प्रतिक्रिया आएको थियो ।

उनले आफ्नो परम्परागत क्रिसमस डे आशीर्वाद, उर्बी एट ओर्बी (शहर र संसार) विषयमा बुधबार मध्याह्न सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । जर्मनीको क्रिसमस बजारमा शुक्रबार भएको कार आक्रमणपछि भ्याटिकन र रोममा हुने जुबली समारोहका लागि करिब सात सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रोमको धेरै भागलाई क्रिसमसको तयारीका लागि सिँगारिएको छ ‘ट्रेभी फाउन्टेन र पोन्टे सेन्ट एन्जेलो’ जस्ता स्मारकहरू सफा गरिएको छ र यातायातको चापलाई व्यवस्थित गर्न सूचना जारी गरिएको छ । कुञ्जी जुबली परियोजनाहरु महिनौँको कामपछि पछिला केही दिन अघि मात्र समाप्त भएका थिए । वर्षभरि नै शहरको धेरै भागमा भवन तथा अन्य निर्माणका काम भएका छन् ।

भ्याटिकनको छेउमा रहेको पियाजा पियामा सोमबार नयाँ सडक सुरुङको उदघाटन गर्दै प्रधानमन्त्री जियोर्जिया मेलोनीले यो परियोजना समयमै सम्पन्न गर्न ‘सानो नागरिक चमत्कार’ गरेको बताउनुभएको छ । आगामी केही दिनमा रोमका तीन प्रमुख बेसिलिका र विश्वभरका क्याथोलिक चर्चहरुमा पवित्र ढोकाहरु खोलिनेछन् । पोप फ्रान्सिसले बिहीबार रोमको रेबिबिया कारागारको पवित्र ढोका खोल्नुहुनेछ र कैदीहरुको समर्थनमा एक सामूहिक प्रार्थना सभाको अध्यक्षता गर्नुहुनेछ । एएफपी

यो पनि पढ्नुहोस्

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

१७ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

वाम एकता ! समाजवाद कि दलालवाद ?

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रवि र  छविलालको मुद्दामा बहस सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक