काठमाडौं । साताकाे तेस्राे दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) बढेकाे छ । नेप्से १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमा उक्लिएको छ। बजारमा कारोबार रकममा पनि थोरै वृद्धि भएको छ।
कुल ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिद बिक्री भई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। सोमबार ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो।
मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो। आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। उप-समूहतर्फ मंगलबार उत्पादन र व्यापार उप-समूहको सूचकमा मात्र गिरावट आयो। बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन्। विशेषगरी, विकास बैंक र फाइनान्स उप-समूहको सूचक करिब २ प्रतिशतले बढ्न सफल भएको छ।