नुवाको । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका- ७ चतुराले बस्ने २९ वर्षीय सन्तराम तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सन्तरामले ती महिलालाई गत पुस ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।