मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनपिएलका उत्कृष्टले पाए कारदेखि आकर्षक नगद पुरस्कार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनपिएलका उत्कृष्टले पाए कारदेखि आकर्षक नगद पुरस्कार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली खेलकुदकै महत्वकांक्षी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) जनकपुर रोयल्सलाई उपाधि सुम्पँदै सकिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो ।

जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ पुरस्कार पाएको छ । यो पुरस्कार नेपाली खेलकुदकै सर्वाधिक ठूलो धन राशीको पुरस्कार हो । यस्तै उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिमले ५१ लाख रुपियाँका चित्त बुझायो । प्लेअफमा पुगेको कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भयो । कर्णालीले २५ लाख र चितवनले १५ लाख रुपियाँ पुरस्कार पायो ।

यसैगरी व्यक्तिगत पुरस्कारमा कार पाउने भाग्यमानी खेलाडी उपविजेता सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी बन्नुभयो । दीपेन्द्रले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको ईभी कार पुरस्कार पाउनुभएको हो ।

उहाँले करिब ६२ लाख रुपियाँ बराबरको कार पाएपछि त्रिवि मैदानमै कार कुदाएर सर्मथकबिच खुसी साट्नुभयो । दीपेन्द्रले प्रतियोगिताभर कूल दुई सय २७ रन बनाउनुभयो । टोलीलाई फाइनल यात्रासम्म लग्न महत्त्वपूर्ण भूमिका निभाउनुभएका ऐरीले बलिङमा नौ विकेट लिनुभएको थियो ।

यस्तै उत्कृष्ट बलर बन्दै विजेता टोलीका ललित राजवंशीले मोटर साइकल पुरस्कार हात पार्नुभयो । ललितले प्रतियोगिताभर १७ विकेट लिनुभएको थियो । एनपिएलको सर्वोत्कृष्ट  खेलाडीको पुरस्कार सुदूरपश्चिम रोयल्सका सईफ जैवले पाउनुभयो । उहाँले पाँच लाख रुपियाँ हात पार्नुभयो ।

यसैगरी कर्णाली याक्सका विपिन शर्माले ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँलाई ५० हजार रुपियाँ र एक लाख बराबरको छात्रवृत्ति प्रदान गरियो । ‘इनर्जेटिक प्लेयर अफ दि एनपिएल’ को उपाधि जनकपुका जेम्स निसमले पाउनुभयो । उहाँलाई दुई लाख रुपियाँ प्रदान गरियो ।

सर्वाधिक चौका हान्ने खेलाडीको पुरस्कार लाहिरु मिलान्थालाई प्रदान गरियो । यस्तै एनपिएलको ‘फेयर प्ले अवार्ड’ लुम्बिनी लायन्सले प्राप्त गरेको छ। विजेता टोली र खेलाडीलाई पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा फाइनलसम्म ३२ खेल भए । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको एनपिएलका विभिन्न शहर र प्रदेशको प्रतिनिधित्व गर्ने आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । जसमा काठमाडौँ गुर्खाज, विराटनगर किङ्ग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिए । गाेरखापत्र

यो पनि पढ्नुहोस्

इनिशाकाे शव अझै उठेन

इनिशाकाे शव अझै उठेन

२ मिनेट अगाडि
विदेशी मुद्राको विनिमय दर ताेक्याे

विनिमयदर निर्धारण

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक